site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अफगानिस्तानमा सामूहिक कुटपिटको घटनाप्रति राष्ट्रसंघद्वारा चासो व्यक्त
SkywellSkywell

काबुल । संयुक्त राष्ट्रसंघले बुधबार अफगानिस्तानमा दर्जनौँ मानिसहरूलाई सामूहिक कुटपिट गरिएको भन्दै तालिबान अधिकारीहरूलाई यो अभ्यास अन्त्य गर्न आह्वान गरेको छ । 

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय मिसन (यूएनएएमए) ले उत्तरी सारिपुल प्रान्तमा मंगलबार करिब ६३ जनालाई कोर्रा प्रहार (कडा सजाय)  गरी सार्वजनिक रूपमा कुटपिट गरिएको जनाएको छ । 

Dabur Nepal
NIC Asia

“यूएनएएमएले शारीरिक दण्डको निन्दा गर्दछ र अन्तर्राष्ट्रिय मानव अधिकार दायित्वहरूको सम्मान गर्न आह्वान गर्दछ,” मिसनले एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । 

सन् २०२१ अगस्टमा सत्तामा फर्किएपछि तालिबान अधिकारीहरूले इस्लामिक कानुन शरियाको पुन व्याख्या गरेका छन् ।जनताले सार्वजनिक मृत्युदण्ड र शारीरिक यातनाहरू भोगिरहेका छन् । चोरी, व्यभिचार र रक्सी सेवनजस्ता अपराधका लागि तालिबान सरकारले कोर्रा प्रहार गर्ने गरेको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu