काठमाडौं । नेपाली कथानक चलचित्र ‘लन्डन टु पेरिस’को अग्रिम टिकट बुकिङ खुला भएको छ । घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्र यही जेठ २५ गतेबाट रिलिज हुँदै छ ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘लन्डन टु पेरिस’लाई काठमाडौंमा ११ वटा शो दिएको छ । काठमाडौं बाहिर १८ शो उपलब्ध गराएको छ । क्यूएफएक्समा यो चलचित्रले जम्मा २९ शो पाएको छ ।
दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले तीनवटा हलमा एक/एक शो गरेर तीन शो दिएको छ ।
साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कविर खड्का, गरिमा शर्मा मुख्य भूमिकामा रहेको सिनेमाको कथा तथा पटकथा प्रदीप भारद्वाजले लेखेका छन् ।
‘लन्डन टु पेरिस’ र नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ एकै दिन रिलिज हुन लागेका हुन् ।