site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
नेपाल फेसन फेस्टिभल सुरु, फेसन काउन्सिल गठनको माग 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ‘नेपाल फेसन फेस्टिभल’ सुरु भएको छ । फेसन नेटवर्क नेपालको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आजदेखि सुरु भएको फेस्टिभल तीन दिनसम्म चल्नेछ ।  

आइतबारसम्म सञ्चालन हुने फेस्टिभलको नारा ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलालाई सशक्तिकरण’ रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आयोजक फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारले लामो समयपछि नेपालमै पहिलो पटक नेपाल फेसन फेस्टिभल आयोजना गर्न सफल भएको बताए । निर्देशक ताम्राकारले नेपालको फेसन जगतलाई फेसन उद्योगमा परिवर्तन, यो क्षेत्रमा आवद्ध सम्पूर्ण व्यक्ति, संस्था र उद्यमीहरूलाई एकै ठाउँमा भेला पार्न, यो क्षेत्रका उपलब्धिबारे जानकारी गराउन तथा सरकारलाई नेपाल फेसन काउन्सिलको स्थापना गराउन माग गर्न फेस्टिभल आयोजना गरिएको उनले बताए ।  

फेस्टिभलमा हरेक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म फेसन रनवे आयोजना गरिँदै छ । जसमा दुई दर्जनभन्दा बढी मोडलहरूले फेस्टिभलमै आवद्ध भएका बुटिक तथा डिजाइनरले तयार पारेका पहिरन प्रस्तुत गर्नेछन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement