site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको बचाउ गर्दै रास्वपाका मनिष झाले भने– क्याप्टेनको पक्षमा उभिएका हौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार गरेको बताएका छन् । 

बिहीबार संसद्‌बाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले वयोवृद्ध र पटकपटक प्रधानमन्त्री भएका नेतालाई कांग्रेस उपसभापति (धनराज गुरुङ)ले अभद्र व्यवहार गरेको आरोप लगाए । 

“मेरो बुबा उमेरका नेताले जुन अभद्र व्यवहार देखाउनुभयो, हात हालाहालको अवस्थामा पुर्‍याउनुभयो वा अमर्यादितरूपमा प्रस्तुत हुनुभयो,” उनले भने । विगतको सहयात्री रहेका एमाले नेता ओलीलाई कांग्रेसले अभद्र व्यवहार गर्न नमिल्ने उनको भनाइ छ ।

“नेपाली कांग्रेसका केही व्यक्तिहरूले वयोवृद्ध नेतामाथि अभद्र व्यवहार गर्दा हामी उहाँको पक्षमा उभिएका हौँ । हाम्रो नेताको साथमा उभिदिएका हौँ । हाम्रो क्याप्टेनको पक्षमा उभिएका हौँ । कसैको विषयमा औँला उठाएका छैनौँ,” उनले भने । 

उनले सदनको 'गाइजात्रा'को निर्देशक नेपाली कांग्रेसका केही नेता भएको उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro