site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अग्रता जोगाउन नसक्दा रोकियो लिभरपुल

काठमाडौं । अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगमा लिभरपुल एस्टोन भिल्लाविरुद्ध ३–३ को बराबरीमा रोकिएको छ । सोमबार राति भिल्ला पार्कमा लिभरपुलले दुईपटक अग्रता बनाए पनि कायम राख्न नसकेको हो ।

खेलको दोस्रो मिनेटमा घरेलु टिमका गोलकिपर इमिलियानो मार्टिनेजबाट आत्मघाती गोल भएपछि पाहुना टिम १–० ले अगाडि थियो । तर, लिभरपुलको यो अग्रता लामो समय टिक्न सकेन । १२औँ मिनेटमा यौरी टाइलेमान्सले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काएका थिए ।

२३औँ मिनेटमा कोडी गाक्पोले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुआतमै जारेल अमोरिन क्वान्साहले गोल गर्दा लिभरपुलको अग्रता ३–१ मा पुग्यो । तर, अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा लिभरपुल अंक बाँड्न बाध्य बन्यो ।

खेलको ८५औँ मिनेटमा झोन डरेनले गोल गर्दै घरेलु टिमलाई ३–२ को अवस्थामा फर्काएका थिए । त्यसको तीन मिनेटपछि डरेनले नै गोल गरेपछि खेल बराबरीमा टुंगियो ।

बराबरीपछि लिभरपुल ३७ खेलबाट ७९ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट ६८ अंकको भिल्ला चौथो स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro