site stats
बाह्रखरी :: Baahrakhari
खेल
जर्मनीका फरवार्ड मेचा लिड्समा अनुबन्धित

काठमाडौं । इंग्लिस क्लब लिड्स युनाइटेडले जर्मनीका फरवार्ड लुकाज मेचालाई भित्र्याएको छ । लिड्सले आइतबार दुई वर्षको सम्झौतासहित मेचालाई अनुबन्ध गरेको हो ।

मेचा यसअघि बुन्डेसलिगाको क्लब वुल्फ्सबर्गमा थिए । जर्मनीको राष्ट्रिय उमेर समूह हुँदै सिनियर टोलीमा स्थान बनाएका उनी सन् २०१८ मा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सन् २०१९ मा लोनमा वुल्फ्सबाट खेलेका मेचा २०२१ मा स्थायी रूपमै जर्मन क्लबमा अनुबन्ध भएका थिए । उनले वुल्फ्सबर्गबाट ८५ खेल खेल्दा १९ गोल गरे ।

लिड्सले समरमा गरेको यो पहिलो अनुबन्ध हो । मेचाले आउँदो जुलाई १ देखि औपचारिक रूपमा यो क्लबको प्रतिनिधित्व गर्नेछन् ।
 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्