site stats
बाह्रखरी :: Baahrakhari
खेल
१००औँ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो १००औँ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

नेपालले सन् २०१४ मा पहिलोपटक अन्तर्राष्ट्रिय मान्यताप्राप्त ट्वान्टी–२० क्रिकेट खेलेको थियो । त्यसयता नेपालले कुल ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छ । आज डच टोलीविरुद्ध मैदानमा उत्रँदा नेपालले १००औँ अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलको कोसेढुंगा छुनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्कटल्यान्डको ग्लासगोमा यो खेल नेपाली समयानुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

स्कटल्यान्डमा आइतबारदेखि सुरु त्रिदेशीय शृंखलामा घरेलु टिम, नेपाल र नेदरल्यान्ड्स छन् । शृंखलामा नेपालको यो पहिलो खेल हो । नेदरल्यान्ड्स भने आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो ।

शृंखलामा नेपालका दुई अलराउन्डर सोमपाल कामी र गुल्सनकुमार झा हुने छैनन् । यी दुवै खेलाडी यसअघि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखला खेल्ने क्रममा घाइते भएका थिए । यी दुवै खेलाडीले जारी शृंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

ट्वान्टी–२० क्रिकेटमा नेपालको इतिहास
नेपालले सन् २०१४ मा चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । २०१५ मा सातवटा खेल्यो । त्यसपछि नेपालले एकैपटक सन् २०१८ मा एउटा, २०१९ मा १९, २०२० मा तीन, २०२१ मा पाँच, २०२२ मा १८, २०२३ मा १३, २०२४ मा २५ र २०२५ मा हालसम्म चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटसहित कुल ९९ खेल खेलेको छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्