राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मंलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
संघीय संसद् सचिवालयले आज एक सूचनामार्फत मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारी गराएको हो ।
संसद् सचिवालयले सबै सांसदलाई मंगलबार दिउँसो २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भइसक्न भनेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार संयुक्त बैठक आह्वान गरेका हुन् ।
मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१ २२:५४
प्रतिक्रिया दिनुहोस्