site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नोटमा चुच्चे नक्सा राख्ने निर्णयको विरोधबारे चिरञ्जीवी नेपालले दिए स्पष्टीकरण
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले चुच्चे नक्सालाई १०० रुपैयाँको नयाँ नोटमा राख्ने सरकारको निर्णयबारे दिएको विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन् ।

आफूले बोलेको भनेर केही सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर राष्ट्रपति संस्थालाई नै आक्षेप लगाउने गरी केही अनलाइन सञ्चारमाध्यममा आएको टिप्पणीप्रति आफू स्तब्ध भएको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“यस विषयमा सम्माननीय राष्ट्रपतिज्यूले चासो र जिज्ञासा राख्नुभएकोमा केही अनलाइनमा आएका विषयमा मैले पूर्व गर्भनर र अर्थशास्त्रीका हैसियतमा भनेको कुरालाई गलत आशयले प्रकाशन भएकोमा दुःखी भएको अवगत गराएको छु,” उनले भनेका छन् ।

उनले आफनो भनाइ भनेर आएका सम्बन्धित विचारको नैतिक जिम्मेवारी आफैँ लिएको पनि बताएका छन् ।

Global Ime bank

“उक्त विषयमा मलाई पूर्व गर्भनर र अर्थशास्त्रीका हैसियतमा सोधेको प्रश्नको जवाफ दिने क्रममा मैले व्यक्त गरेको विचारलाई गलत आशयले प्रचार भएको जानकारी पनि गराउन चाहन्छु, मैले एउटा अर्थशास्त्री र एउटा विवेकशील नागरिकका नाताले कुनै विषयमा कूटनीतिक तहमा छलफल भइरहँदा देश र जनतालाई नै व्यवहारिक कठिनाइ उत्पन्न हुने काम हुन्छ कि भनेर सचेत गराउने मात्र मेरो आशय थियो, आफ्नो राष्ट्र, राष्ट्रियता र संविधानप्रति मेरो समर्पण मेरा लागि जीवनको सबैभन्दा मूल्यवान छ । यसमा कहिल्यै कुनै सम्झौता हुन सक्दैन,” बुधबार उनले एक वक्तव्यमार्फत भनेका छन् ।

राष्ट्रपतिका सल्लाहकार नेपालले एक सयको नोटको पुन: मुद्रण गर्दा संविधानमा समावेश नक्सा राख्ने निर्णयप्रति विरोध जनाएको भन्दै उनको आलोचना भइरहेको छ । कतिपयले उनको राजीनामा नै मागेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement