site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
क्यानडाका प्रधानमन्त्रीको उपस्थितिमा खालिस्तानको पक्षमा नारा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको उपस्थितिमा आयोजित एक कार्यक्रममा भारतमा खालिस्तान आन्दोलन सफल हुनुपर्ने पक्षमा नारा लगाइएको छ । आइतबार क्यानडामा आयोजित वैशाखी मिलनको एक कार्यक्रममा सो नारा लगाइएको हो ।

क्यानडाका प्रधानमन्त्रीले शुभकामना दिँदै वैशाखी मित्र र परिवारलाई साथमा ल्याउने तिहार भएको जनाएका थिए । उनले सो अवसरमा आफ्नो सरकार भारतसँग थप सम्झौता गर्ने प्रयासमा रहेको र यसमा अमृतसरमा सिधा विमान सेवा पनि सामेल रहेको बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भनेका थिए, “हामी घृणाविरुद्ध लडाइँका निम्ति प्रतिबद्ध रहेका छौँ र यसका लागि गुरुद्वाराको सुरक्षा बढाइनेछ । हामी तपाईंहरूको अधिकार र स्वतन्त्रता सुरक्षित राख्न जति बेलै खडा हुनेछौँ ।”

भारतमा खालिस्तान समर्थक हरदीप सिंह निज्जरको गएको वर्ष क्यानडामा हत्या भएको थियो । निज्जरको हत्याका विषयमा भारत र क्यानडाबीच तनावको अवस्था सिर्जना भएको थियो । बीबीसी हिन्दीबाट ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement