site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङमा मोटरसाइकल दुर्घटना, तीनजनाको मृत्यु

काठमाडौं । मोरङमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा दुईवटा मोटरसाइकल बिहीबार साँझ आपसमा ठोक्किएर भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोरङको कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ, सोही स्थानका २८ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे नगरपालिका–५ का ४२ वर्षीय दीपक धिमाल रहेकाे जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेद गौतमले जानकारी दिए ।  

उनीहरूको उपचारका क्रममा मृत्यु भएको गौतमले बताए । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro