विदेश
काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघेको छ ।
विगत २४ घण्टामा इजरायली सेनाले त्यहाँ ७१ जनाको ज्यान लिएको छ । १७६ जना घाइते भएका छन् । योसँगै मृत्यु हुनेको कुल संख्या ४४ हजार ५६ पुगेको छ ।
सन् २०२३ अक्टोबरको सुरुमा प्यालेस्टाइनी–इजरायली द्वन्द्व सुरु भएयता गाजामा एक लाख चार हजार २६८ जना घाइते भएका छन् । धेरै पीडित भग्नावशेषमा फसेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१ ०९:५६
प्रतिक्रिया दिनुहोस्