राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मंसिर १७ गतेबाट छिमेकी मुलुक चीन भ्रमणमा जान लागेको बताएका छन् ।
शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले आफ्नो नेतृत्वको टोली १७ गते चीनको भ्रमणमा जान लागेको बताए ।
“अत्यन्तै सफल भ्रमण रहने छ । चीनबाट फर्किएपछि कसरी सफल भ्रमण भयो थाहा पाउनुहुने छ, “यतिकै चीन यसो घुमेर आऊँ भनेर जान लागेको होइन । देशको भलाइका लागि भ्रमण गरिन्छ ।”
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१ १५:१२
प्रतिक्रिया दिनुहोस्