site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशमा युनुस सरकारको सय दिन : हिन्दुविरुद्ध हिंसा बढ्यो, विरोधीलाई निसाना बनाइयो !

काठमाडौं । बंगलादेशमा मोहम्मद युनुसको अन्तरिम सरकारले १६ नोभेम्बरमा आफ्नो कार्यकालको १०० दिन पूरा गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल बंगलादेशले नोभेम्बर १८ मा जारी गरेको एक प्रतिवेदनमा बंगलादेशको अन्तरिम सरकारको शासनकालमा हिन्दुहरूमाथि हिंसा बढेको उल्लेख गरिएको छ । युनुस प्रशासन अल्पसंख्यकविरुद्ध हुने अपराध रोक्न असफल भएको प्रतिवेदमा भनिएको छ ।

प्रतिवेदनका अनुसार, अगस्ट ५ देखि २० सम्म अल्पसंख्यकविरुद्ध दुई हजारभन्दा बढी अपराधका घटनाहरू दर्ता भएका थिए, जसमा नौ अल्पसंख्यकको हत्या भएको थियो । यस्ता घटनामा सरकारले अपराधी पत्ता लगाउन र सजाय दिन लापरबाही गरेको छ ।

शेख हसिनाको सरकारको पतनपछि बंगलादेशमा अल्पसंख्यक (विशेष गरी हिन्दुहरूमाथि) आक्रमणहरू बढेका छन् । यस अवधिमा दुर्गा पूजालगायत अन्य धार्मिक कार्यक्रमलाई पनि निशाना बनाइएको छ ।  युनुस सरकारको १०० दिनमा बंगलादेशका २२ ठाउँमा सांस्कृतिक कार्यक्रम र शिल्प प्रतिष्ठानमा आक्रमण भएको थियो ।

राइट्स एन्ड रिस्क एनालिसिस ग्रुप (आरआरएजी)ले एक रिपोर्टमा युनुस प्रशासन शेख हसिनाको पुरानो सरकारभन्दा धेरै फरक नरहेको बताएको छ । युनुस सरकारले देशमा अल्पसंख्यकमाथि हुने अत्याचार रोक्न कुनै पहल गरेको छैन । यसबाहेक युनुस प्रशासनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई निशाना बनाउन बल प्रयोग गरिरहेको छ ।

बंगलादेशमा शेख हसिनाको सरकार पतन भएदेखि नै हिन्दुहरूमाथि आक्रमणका घटनाहरू बाहिर आइरहेका छन् । देशका धेरै ठाउँमा हिन्दु मन्दिरमा क्षति पुगेको छ । केही दिनअघि चटगाउँमा इस्कन संगठनका सचिव र १८ जनाविरुद्ध देशद्रोहको मुद्दा दर्ता भएको थियो । उनीमाथि चटगाउँको न्यू मार्केटस्थित आजादी स्तम्भमा राष्ट्रिय झन्डामाथि भगवा झन्डा फहराएको आरोप लागेको थियो । यो झन्डामा ‘सनातनी’ लेखिएको थियो ।

बंगलादेशमा भएको हिंसापछि पूर्वप्रधानमन्त्री शेख हसिना ५ अगस्टदेखि भारतमा छिन् । गत अगस्ट २२ मा अन्तरिम सरकारले हसिना र उनका परिवारका सदस्यको कूटनीतिक राहदानी पनि रद्द गरेको थियो ।

नोबेल पुरस्कार विजेता युनुस नेतृत्वको अन्तरिम सरकार गत ८ अगस्टमा गठन भएको थियो ।

एजेन्सीको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro