site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्णालीमा शर्मा र कंडेलबीच आधादर्जन वार्ता : पाँच दिन सकिँदा मन्त्रालयको बाँडफाँट नै मिलेन
Sarbottam CementSarbottam Cement

काठमाडौं । कर्णाली प्रदेशमा एमाले र माओवादी मात्र मिल्दा सरकार बन्ने पक्का भए पनि पाँच दिनदेखि जारी वार्ताबाट सहमति जुट्न सकेको छैन । 

मुख्यमन्त्रीबाट राजीनामा दिएका माओवादीका राजकुमार शर्मा र मुख्यमन्त्री बन्ने पक्का भएका एमालेका यामलाल कंडेलबीच लगातारजसो वार्ता भइरहेको छ । तर, यी दुई नेताबीच सहमति नजुट्दा एमाले संसदीय दलका नेता कंडेल मुख्यमन्त्री हुने मिति अझै अनिश्चित छ । 

कर्णालीका प्रदेश प्रमुख तिलक परियारले चैत २१ गते नै शर्माले दिएको राजीनामा स्वीकृत गर्दै यही चैत २७ गतेसम्म सरकार बनाउन आह्वान गरेका छन्। त्यसै दिनदेखि दुई पार्टीबीच छलफल सुरु भए पनि अहिलेसम्म सहमति जुटेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

“नेकपा माओवादी केन्द्रको निर्देशनपछि संसदीय दल र कर्णालीको पार्टीको निर्णयअनुसार हामीले एमालेलाई मार्ग प्रशस्त गरिसकेका छौँ,” माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेशसभा सदस्य कृष्णबहादुर जीसीले बाह्रखरीसँग भने, “उहाँले एउटै कुरा दोहोर्‍याएर पहिला मुख्यमन्त्री बनौँ त्यसपछि मन्त्रिपरिषद् विस्तार गरौँला भनिरहनुभएको छ । त्यसैले सरकार निर्माणका काममा ढिलाइ भएको हो ।” 

उनले अन्य प्रदेशमा धेरै दल जोडेर समेत सरकार बनेको भन्दै कर्णालीमा दुई पार्टी मिलेपछि सरकार बन्ने निश्चित भए पनि मुख्यमन्त्री बन्ने व्यक्ति नै उदार हुन नसकेको बताउँछन् । “मुख्यमन्त्री हुने निश्चित भइसकेपछि मन्त्रालय बाँडफाँट र गठबन्धनअनुसार आफूलाई प्रस्तुत गर्ने काम त सम्बन्धित व्यक्तिको हो,” जीसीले भने, “तर, उहाँ एउटै कुरा दाहोर्‍याएर आफैँ ढिला गरिरहनुभएको छ ।” 

Global Ime bank

जीसीका अनुसार शर्मा र एमाले संसदीय दलका नेता कंडेलबीच अहिलेसम्म झन्डै आधादर्जन पटक सिंगल–सिंगल वार्ता भएका छन् । तर, ती वार्ताबाट आजै मिल्छ कि भोलि नै मिल्छ कि भनेर कुर्दाकुर्दै दिन बितिरहेका छन् । 

एमाले प्रदेशसभा सदस्य कलबहादुर हमाल एक–एकजनाबीच मात्र वार्ता भइरहेकाले नमिलेका कुरा सार्वजनिक नभएको बताउँछन् । कुरा मिल्ने नै भएकाले आरामसँग वार्ता भएको देखिएको उनको बुझाइ छ । “कुरा मिलिसकेको छैन तर, मिल्नेवाला नै छ,” हमालले बाह्रखरीसँग भने, “उहाँहरूबीच लगातारजसो छलफल भइरहेका छन् । उहाँहरू प्याकेजमा सबैकुरा मिलाइसकेर निस्कने गृहकार्यमा हुनुुहुन्छ भनेर बुझ्न सकिन्छ ।”

मुख्यमन्त्री छोडिसकेको र अर्को मुख्यमन्त्री नियुक्ति हुने निश्चित भइसकेको हुँदा मन्त्रालय बाँडफाँटमा किन ढिला भइरहेको छ भन्ने प्रश्नमा हमालले कुरा त्यतिमै मात्र सीमित नभएको बताए । “हामीले बाहिरबाट हेर्दा मन्त्रालयको बाँडफाँटमा मात्र समस्या देख्छौँ तर, उहाँहरूले मिलाउनुपर्ने कुरा धेरै छन्,” हमालले बाह्रखरीसँग भने, “माओवादीतर्फ पनि केही कुरा मिलाइसक्नुपर्ने होला । त्यसैले समय छँदैछ भनेर ढिला भएको हुनसक्छ ।”

दुई नेताबीच कुरा नमिल्दा प्रदेशसभा समेत अन्योलमा छ । कर्णाली प्रदेशसभाको बैठक आइतबार दिउँसो नै डाकिएको छ । तर, मुख्यमन्त्रीको विषयमा जानकारी गराउने अवस्था नभए बैठक नराख्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ । त्यसका लागि सभामुख नन्दा गुरुङले दिउँसो १ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेकी छन् । “बैठक चलाउने/नचलाउने विषय कार्यव्यवस्थाबाटै निर्णय हुन्छ,” उपसभामुख यशोदा न्यौपानेले बाह्रखरीसँग भनिन् ।

४० सदस्य रहेका प्रदेशसभामा माओवादी केन्द्रका १३ सांसद छन् । एमालेका सभामुखबाहेक ९ सांसद हुँदा बहुमत पुग्न कुनै समस्या छैन । तर, सहमतिको प्रयासमा भइरहेका ढिलाइले कर्णालीको खास समस्या केही छ कि भन्ने प्रश्न उठिरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement