site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उत्पादकत्व बढाउन अनुदानमा ‘स्यालो ट्युबवेल’
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

कञ्चनपुर । किसानका खेतमा सिँचाइ सुविधा उपलब्ध  गराई उत्पादकत्व बढाउन शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१० को कार्यालयले ५० प्रतिशत अनुदान दिएर ‘स्यालो ट्युबवेल’ जडान गरेको छ । 

ट्युबवेल जडानबाट झण्डै ३० बिघा खेतमा सिँचाइ सुविधा उपलब्ध भएको छ । सिँचाइ सुविधा नपुगेका किसानको छनोट गरी आवश्यकतका आधारमा स्यालो ट्युबवेल जडान गरिएको वडाध्यक्ष लालबहादुर ऐरले बताए ।  

Dabur Nepal
NIC Asia

“चालु आवमा तीन लाख ५० हजार वडा कार्यालयको र त्यति नै रकम किसानको गरी रु सात लाखमा सातवटा स्यालो ट्युबवेल जडान गरिरहेका छौँ”, उनले भने, “गत आवमा आठवटा स्यालो ट्युबवेल जडान गरी किसानलाई सिँचाइ सुविधा उपलब्ध गराएका छौँ ।”

उनका अनुसार हालसम्म वडामा ४३ वटा स्यालो ट्युबवेल जडान गरिएका छन् । ट्युबवेल जडान भएपछि ८० बिघा बढी जग्गामा सिँचाइ सुविधा उपलब्ध भइरहेको उनले बताए । सिँचाइ सुविधा उपलब्ध भएपछि किसान अन्नबालीसँगै तरकारीखेतीमा संलग्न हुँदै आएका छन् । 

“धान रोप्न सिँचाइको भरपर्दो व्यवस्था नहुँदा आकासे पानीकै भर पर्नुपर्ने अवस्था थियो”, स्थानीय किसान कालुराम चौधरीले भने, “वडा कार्यालयले अनुदानमा स्यालो ट्युबवेल जडान गरिदिएपछि सिँचाइ सुविधा उपलव्ध हुँदा समयमै धान रोप्न र गहुँ सिँचाइ हुँदा विगतको तुलनामा उत्पादन बढेको छ ।”

किसानलाई वडा कार्यालयले अनुदानमा सिँचाइका लागि स्यालो ट्युबवेलसँगै घरपालुवा पशुलाई चारो खुवाउन डुँड, चारो काटने मेसिन र चारो र दाना खुवाउने ‘स्ट्याण्ड’ पनि उपलब्ध गराउँदै आएको छ । वडा कार्यालयका अनुसार गत आवमा १२८ डुँड, ११ वटा चारो काट्ने मेसिन, नौवटा चारो र दाना खुवाउने स्ट्याण्ड अनुदानमा वितरण गरिएको थियो । 

चालु आवमा १९ वटा चारो काटने मेसिन, १५ घाँस र  खुवाउने स्ट्याण्ड र ८० वटा डुँड, ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने योजना छ । रासस

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu