site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीले उपनिर्वाचनबारे गठबन्धनका दलसँग छलफल गर्ने 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा उमेदवारको विषयमा गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ । 

बुधबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले इलाम– २ र बझाङ क्षेत्र नम्बर १ ‘क’ मा हुने उपनिर्वाचनका लागि उमेदवार छनोटको जिम्मा प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीलाई दिएको छ । 

बैठकबारे पार्टी प्रचार विभागका प्रमुख समेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले भने, “उपनिवार्चनको बारेमा सत्ता गठबन्धनका दलहरूसँग पनि छलफल गर्ने निर्णय भएको छ । साथै उमेदवारको नाम छनोट गर्ने अधिकार प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन क्षेत्र कमिटीलाई दिइएको छ ।” 

इलाम २ मा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आकांक्षी छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu