site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विकास साझेदारसँग गण्डकीका मुख्यमन्त्रीको आग्रह– जनता बाटो चाहियो भन्छन्, सहयोग गर्नुपर्‍यो

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीको विकासमा सघाउन विकास साझेदारहरूलाई आग्रह गरेका छन् ।

बाह्रखरी मिडिया प्रालि र गण्डकी प्रदेश नीति तथा योजना आयोगले शुक्रबार पोखरामा संयुक्तरूपमा आयोजना गरेको ‘विकास साझेदारहरूसँग गण्डकी प्रदेशको समुन्नती र लगानी सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा  बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । 

“आगामी पाँच वर्षमा ११ वटा क्षेत्रमा काम गरेर आत्म निर्भर हुने लक्ष्य हाम्रो छ,” मुख्यमन्त्री पाण्डेले भने, “हामीले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा तपाईंहरूबाट सहयोगको अपेक्षा गरेका छौँ ।”

टनेल र अन्य नयाँ प्रविधि आधारित द्रुत सडक निर्माण, पशुपन्छी उत्पादन तथा औद्योगीकरण कार्यक्रम, विद्यमान पदमार्गको विस्तार तथा स्तरोन्नति, योजनाबद्ध तथा एकीकृत  स्याटेलाइट हरित सहर निर्माण, जलवायु स्मार्ट नमुना गाउँ विकास तथा विस्तार कार्यक्रम, आईसीटी इनोभेसन ल्याब विकास कार्यक्रम, विशिष्टीकृत प्रदेश अस्पताल, लिड विद्यालय, एकीकृत बस्ती विकास जस्ता कार्यक्रमलाई गण्डकी प्रदेशले उच्च प्राथमिकता दिएको र यस्ता कार्यक्रममा लगानी गर्न उनले आग्रह गरेका थिए । 

पछिल्ला २०–२५ वर्षमा गण्डकी प्रदेशमा धेरै काम भएको दाबी गर्दै उनले लाभ लिने जनता भने देश छोड्दै जाने गरेको बताए । अहिले प्रदेशको लागि सबैभन्दा ठूलो चुनौती नै यही भएको उनले जनाए । 

“७५ प्रतिशतभन्दा बढी मान्छो बाटो बनाइदिन पर्‍यो भन्छन् । यसमा तपाईंहरूको सहयोग आवश्यक छ,” उनले भने । 

सडक निर्माण र गाउँको उत्पादनलाई आपसमा जोड्न सके अर्थतन्त्र चलायमान हुने धाराण मुख्यमन्त्री पाण्डेको थियो । उनले थप स्पष्ट पारे, “सडक बने पनि गाउँको अर्थतन्त्र चलायमान भएन । कृषिलाई व्यवासायिक बनाउन पर्‍यो । यस्तो गर्न सकेमात्र गाउँको अर्थतन्त्र चलायमान हुन्छ ।” 

पहिलेका पदमार्गहरू अहिले गाडी मार्ग भएको जनाउँदै उनले नयाँ पदमार्गको खोजी गर्नुपर्ने बताए । उनले विकास साझेदारहरूलाई जलविद्युत् क्षेत्रमा लगानी गर्न पनि आग्रह गरेका थिए । 

“हाम्रो प्राथमिकताका क्षेत्रलाई तपाईंहरूले छान्नुपर्‍यो । हामी दुवैको प्राथमिकताको क्षेत्र एकै हुनुपर्‍यो,” मुख्यमन्त्री पाण्डेले भने । उनले ग्रामीण जिवनलाई अर्थ आर्जन गर्ने कार्यक्रमसँग जोडिदिन विकास साझेदारलाई आग्रह गरेका थिए । 

Sure-1710549010.jpg
 

कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले गण्डकी प्रदेशको पहिलो पञ्चवर्षे योजना र आगामी दोस्रो पञ्चवर्षे योजनाका बारेमा प्रस्तुत दिएका थिए ।

उनले गण्डकी प्रदेशका धेरै स्थानमा सिँचाइको सुविधा नपुगेको र कृषकहरू मनसुनको भर पर्नुपरेको जनाए । 

आगामी आर्थिक वर्षबाट दोस्रो पञ्चवर्षीय योजना सुरु हुने जनाउँदै उनले त्यसमा धेरै विकासका गतिविधिलाई समेटिएको जनाए । दिगो तथा उत्थानशील पूर्वाधार विकास तथा अन्तर आबद्धता अभिवृद्धि गर्ने लक्ष्य राखिएको उनले जनाए । 

“हरित कार्बन तटस्थ, जलवायुमैत्री कार्य तथा स्वच्छता अभिवृद्धि गर्ने, विकास प्रतिया तथा नतिजामा लैंगिक समानता तथा समावेशिताजस्ता कार्यलाई प्राथमिकता दिइएको छ,” उनले बताए । 

पर्यटन तथा प्रवर्धन, व्यावसायिक कृषि तथा आन्मनिर्भरता, जलाधार संरक्षण, सर्वसुलभ स्वास्थ्य, दिगो पूर्वाधार, नर्थ–साउथ कनेक्टिभिटी (चीन–भारत जोड्ने), सिँचाइ विकास लगायतका क्षेत्रलाई उचच प्राथमिकतामा राखिएको जानकारी उनले विकास साझेदारहरूलाई दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro