site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोखरालाई ‘प्रकृति, संस्कृति र साहसी’ सहरका रूपमा चिनाउन विकास साझेदार सहयोग गर्न तयार

काठमाडौं । पोखरालाई देशकै ‘पर्यटकीय राजधानी’ बनाउन सहयोग गर्ने प्रतिबद्धता विकास साझेदारहरूले गरेका छन् । बाह्रखरी मिडिया र पोखरा महानगरपालिकाले संयुक्तरूपमा शुक्रबार पोखरामा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा विकास साझेदारले उक्त प्रतिबद्धता जनाएका हुन् । 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई ‘प्रकृति, संस्कृति र साहसी’ सहरको रूपमा पर्यटकीय राजधानी घोषणा गर्न लागिएको जानकारी सुरुमा दिएका थिए ।

“प्रकृति, संस्कृति र साहसीको सहर हो, पोखरा । यसलाई चिनाउने पर्यटनमार्फत हो,” मेयर आचार्यले भने, “यसैकारण हामी पोखरालाई पयर्टकीय राजधानी भनी घोषणा गर्दै छौँ ।”

Dabur Nepal
NIC Asia

उनले खेलकुद, शिक्षा, अध्यात्म, सिनेमा सबै क्षेत्रबाट पोखरालाई विश्वसामु चिनाउने प्रयास अहिले भइरहेको सुनाए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा यहाँको विकासका लागि ठूलो सहयोग आवश्यक पर्ने र उक्त सहयोग विकास साझेदारले पनि गर्नुपर्ने उनले बताए । 

“पोखरामा पाँच हजार परिवार गरिबीको रेखामुनी रहेको हाम्रो अनुमान छ । उनीहरूको जीवनस्तर उकास्न जरुरी छ । गरिबी निवारण गर्ने खालका कार्यक्रम विकास साझेदारले बनाउन र ल्याउन आवश्यक छ,” मेयर आचार्यले भने । 

Baahrakhari-Go-1710523492.jpg
 

उनले पोखरालाई ‘ग्रिन सिटी’ बनाउन लागिएको पनि जानकारी दिए । दुई लाखभन्दा बढी बिरुवा रोप्ने योजना बनेको उनले जनाए । पोखरालाई एकदमै व्यवस्थित सहर बनाउने प्रतिबद्धता उनले जनाए ।

विकास साझेदारहरूलाई उनले ऊर्जा, कृषि, फोहर व्यवस्थापन, लैंगिक समानता, पर्यटन, समावेशिता, सुशासन, वातावरण, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण लगायतका क्षेत्रमा सहयोग गर्न आग्रह गरेका थिए ।

“अबको १०० वर्षपछि पोखरा कस्तो हुनुपर्छ भन्ने कुरालाई ध्यान दिएर काम गरेका छौँ । हामीले धेरै कानून बनाएका छौँ । धेरै काम गर्न बाँकी छ, तर म निराश छैन । कहाँ कहाँ हामी मिलेर काम गर्न सक्छौँ मिलेर अघि बढ्नुपर्छ,” मेयर आचार्यले भने । 

कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पथिरानाले पर्यटन क्षेत्रमा श्रीलंका र पोखरा महानगरले मिलेर काम गर्न सक्ने बताए । पर्यटन क्षेत्रमार्फत श्रीलंका र पोखराबीचको सम्बन्ध बढाउन सकिने धारणा उनको थियो । 

कार्यक्रममा उपस्थित केयर नेपालकी राष्ट्रिय निर्देशक मोना शेर्पाले पोखरा नगरपालिकासँग विकासका कार्यक्रममा हातेमालो गर्न सकिने बताइन् ।

“हामी जलवायु परिवर्तनका क्षेत्रमा काम गर्न खोजिरहेका छौँ । हामी जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्न सक्छौँ,” शेर्पाले भनिन् । 

पोखरामा दुई लाख रुखका बिरुवा रोक्ने कुरामा उनको चासो थियो । यो वृक्षरोपणसम्बन्धी कार्यक्रममा पनि सहकार्य गर्न सकिने धारणा उनको थियो । तर, काम गर्दा विभिन्न अवरोधहरू आउन नहुने उनको भनाइ थियो ।

अक्फाम नेपालकी तृप्ती राईले आफूहरूले जलवायु परिवर्तन, लैंगिक समानता, पानीलगायतका क्षेत्रमा काम गरिरहेको बताइन् । यी क्षेत्रमा सहकार्यको सम्भावन रहेको उनले जनाइन् । 

एसिया फाउन्डेसनका कार्यक्रम निर्देशक विष्णु अधिकारीले संघीयता कार्यन्वयन गर्न तीनवटै तहका सरकारसँग सहकार्य गर्न सकिने बताए । उनले लगानी सम्मेलनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेसनल डेमोक्रेटिक इन्स्टिच्युसन्का भुषण प्रसाईंले राजनीतिक पार्टीका युवाहरूलाई आवश्यक पर्ने तालिममा सहयोग गर्न सकिने बताए । 

आईएफइएफकी डेपुटी कन्ट्री डाइरेक्टर राधिका रेग्मीले लोकतन्त्रलाई संस्थागत क्षेत्रमा, निर्वाचित भएका महिला प्रतिनिधि, युवामा केन्द्रित भएर काम गर्न सकिने बताइन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  २३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro