site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
किन घट्दै छ सिनेमाका कन्टेनमा युट्युब भ्युज ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय सिनेमाका कन्टेनमा युट्युब भ्युज कम हुने गरेको पाइएको छ । केही समयअगाडिको तुलनामा अहिले सिनेमाका कन्टेनमा कम भ्युज आउने गरेको हो । लाखौँ सब्सक्राइब भएका युट्युब च्यानलमा पनि निकै न्यून भिजिटर देखिन थालेको छ । 

यसको पछिल्लो उदाहरणका रूपमा चलचित्र ‘महाजात्रा’को कन्टेनलाई लिन सकिन्छ । यसको गीत, टिजर र ट्रेलरमा ठूलो संख्यामा भ्युज देखिएको छैन । सात दिन अगाडि सार्वजनिक यसको ट्रेलरमा साढे सात लाख भ्युज छ । दुई साता अगाडि रिलिज भएको टिजरमा चार लाख १२ हजार भ्युज छ । ४७ लाख लगानीमा बनेको यसको एक महिना अगाडि रिलिज गीतमा पनि १८ लाख मात्रै भ्युज छ । 

Prabhu Bank
Agni Group
NIC Asia

७.३६ मिलियन सब्सक्राइबर रहेको ओएसआर डिजिटलमा दुई दिन अगाडि रिलिज भएको चलचित्र ‘बोक्सीको घर’को टिजरमा ८० हजार पनि भ्युज पुगेको छैन । 

हिट सिनेमा मेकर रामबाबु गुरुङको चलचित्र ‘डिग्री माइला’को कन्टेनले पनि युट्युबमा उल्लेख्य भिजिटर पाउन सकेन । बासुरी फिल्मस युट्युब च्यनलबाट दुई हप्ता अगाडि सार्वजनिक टिजरमा १० लाख पनि भ्युज पाउन सकेको छैन । जब कि यसको क्ल्प्सि अर्बपति विनोद चौधरीले पनि आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका थिए । तर पनि त्यति धेरै दर्शकको आकर्षण देखिएन । जबकी तीनवटै सिनेमामा अहिले बजारमा रुचाइएका कलाकार छन् । ‘महाजात्रा’ र ‘डिग्रीमाइला’ हिट सिनेमा निर्देशकका सिनेमा हुन् । ‘जात्रा’ सिरिज रुचाइएको सिनेमा हो । 

Global Ime bank

वाच टाइम जति कम भयो त्यति नै युट्युबले कम रिकमेन्ड गर्ने डिजिटल कन्टेन म्यानेजर राजेन्द्र आर्याल बताउँछन् । “भिडियोमा जति कम वाच टाइम हुन्छ, त्यति नै युट्युबले अरुलाई हेर्न कम डिकमेन्ड गर्छ,” राजेन्द्र भन्छन्, “भिजिटर किन कम भए त्यो त मैले पनि अध्ययन गरेको छैन । तर युट्युबले वाच टाइम जति कम भयो त्यति नै अरुलाई हेर्न कम सिफारिस गर्छ ।” 

भिडियो पूरै नहेर्नु अथवा थोरै मात्रै हेरिनुको कारण कन्टेन इङगेजिङ नहुनु हो । “सायद इंगेज हुने खालका कन्टेन भएनन् कि भन्ने हो । एकै खालका कन्टेन भएर दर्शकले हेरेनन् अथवा कम भए कि भन्ने हो,” राजेन्द्र भन्छन्, “फरक स्वादको कन्टेन भूपू पाण्डेको गीत पिरै पिर राम्रो गइरहेको छ । केही गीतको भ्युज करोडमा गएको छ ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC