काठमाडौं । एकेडेमी अवार्ड (ओस्कार)को ९६ औँ संस्करण आइतबार अमेरिकामा भइरहेको थियो । ओस्कार समारोहमा उत्कृष्ट पोशाक डिजाइनको अवार्ड दिन रेस्लर जोन सीना लगभग नग्न भएर स्टेजमा आए ।
उनको त्यो बेलाको दृष्य अहिले सामाजिक सञ्जालमा चर्चामा छ । यो अवार्ड जोन सीनाले पुअर थिंसकी पोशाक डिजाइनर होली वाडिङटनलाई प्रदान गरेका थिए ।
उनले शरीर नांगै देखाएर अगाडिको भाग छोप्न खाम प्रयोग गरेका थिए ।
अवार्ड समारोहका होस्ट जिमी किमेलले सन् १९७४ को ४६ औँ एकेडेमी अवार्डको यस्तै घटना दोहोर्याउन माग गरेका थिए । त्यसपछि जोन सीना त्यसरी स्टेजमा उक्लेका हुन् । तर, वास्तवमा उनी नांगै भने थिएनन् । उनले मानिसको शरीरको छाला जस्तै रङको लुगा लगाएका थिए । इकोनोमिक्सटाइमबाट ।