site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
९६ औँ ओस्कार अवार्डमा ओपनहाइमरले जित्यो सात अवार्ड, यी हुन् विजेता
Sarbottam CementSarbottam Cement

काठमाडौं । ९६ औँ एकेडेमी अवार्ड (ओस्कार)का विजेताहरूलाई आइतबार पुरस्कार प्रदान गरिएको छ । सबैभन्दा बढी ओपनहाइमरले उत्कृष्ट चलचित्र र उत्कृष्ट अभिनेतामा किलियन मर्फीसहित सात पुरस्कार जितेको छ ।

१३ विधामा मनोनयनमा परेको ओपनहाइमरबाट रोबर्ट डाउनी जुनियरले उत्कृष्ट सहायक अभिनेताको अवार्ड जितेका छन् ।  क्रिस्टोफर नोलनले उत्कृष्ट निर्देशक एवं चलचित्र सम्पादन, छायांकन र ओरिजनल स्कोरको अवार्ड जितेको छ ।

एम्मा स्टोनले पुअर थिङसमाको अभिनयका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन् । पुअर थिङसले उत्कृष्ट उत्पादन डिजाइन, मेकअप र पोसाक डिजाइनको अवार्ड पनि जितेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सर्वोत्कृष्ट सह–अभिनेत्रीको अवार्ड द होल्डोभर्सकी स्टार डाभिन जोय रान्डोल्फले पाएकी छन् ।

गतवर्ष अमेरिकाको सबैभन्दा धेरै कमाउने फिल्म बनेको बार्बीले बिली इलिस र उनको भाइ फिनिसले लेखेको गीतका लागि एक मात्र सर्वश्रेष्ठ मौलिक गीतको पुरस्कार पाएको छ ।

Global Ime bank

एनाटोमी अफ अ फलले उत्कृष्ट मौलिक पटकथातर्फको अवार्डको पुरस्कार जितेको छ ।

युक्रेनी डकुमेन्ट्री मारिउपोलमा २० दिनले उत्कृष्ट  डकुमेन्ट्रीको अवार्ड जितेको छ । यो युक्रेनले पाएको पहिलो ओस्कार अवार्ड हो ।

बेलायती चलचित्र द जोन अफ इन्टरेस्टले उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म अवार्ड पाएको छ ।

अवार्ड विजेताको सूची :–
उत्कृष्ट चलचित्र– ओपनहाइमर
उत्कृष्ट अभिनेता– किलियन मर्फी (ओपनहाइमर)
उत्कृष्ट अभिनेत्री– एम्मा स्टोन (पुअर थिङस)
उत्कृष्ट निर्देशक– क्रिस्टोफर नोलन (ओपनहाइमर)
उत्कृष्ट सहायक अभिनेता– रोबर्ट डाउनी जुनियर (ओपनहाइमर)
उत्कृष्ट सहायक अभिनेत्री– डाभिन जोय रान्डोल्फ (द होल्डोभर्सकी स्टार)
उत्कृष्ट एड्याप्टेड स्क्रिनप्ले– अमेरिकन फिक्सन
उत्कृष्ट ओर्जिनल स्क्रिनप्ले– एनाटोमी अफ फल
उत्कृष्ट एनिमेटेड फिचर फिल्म– दि बोय एन्ड दि हेरोन
उत्कृष्ट एनिमेटेड सर्ट– वार इज ओभर
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर– बेलायती फिल्म दि जोन अफ इन्ट्रेस्ट
उत्कृष्ट डकुमेन्ट्री फिचर– मारिउपोलमा २० दिन
उत्कृष्ट डकुमेन्ट्री सर्ट– दि लास्ट रिपेयर सप
उत्कृष्ट ओरिजनल स्कोर– ओपनहाइमर
उत्कृष्ट मौलिक गीत– ह्वाट आई वाज मेड फर (बार्बी)
उत्कृष्ट साउन्ड– दि जोन अफ इन्ट्रेस्ट
उत्कृष्ट उत्पादन डिजाइन– पुअर थिङस
उत्कृष्ट लाइभ एक्सन सर्ट– दि वन्डरफुल स्टोरी अफ हेनरी सुगर
उत्कृष्ट सिनेमेटोग्राफी– ओपनहाइमर
उत्कृष्ट मेकअप र हेयरस्टाइलिङ– पुअर थिङस
उत्कृष्ट पोशाक डिजाइन– पुअर थिङस
उत्कृष्ट दृश्य इफेक्ट– गडजिल्ला माइनस वन
उत्कृष्ट चलचित्र सम्पादन– ओपनहाइमर
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC