site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
केकीलाई प्रश्न– किन ‘बोक्सी’प्रतिको अन्धविश्वासलाई प्रश्रय दिनेखालको टिजर काटेको ?
तस्बिर : केकी अधिकारीको फेसबुकबाट ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेत्री केकी अधिकारीले समाजमा रहेको यथार्थ देखाउँदै सकारात्मक सन्देश दिनु चलचित्र ‘बोक्सीको घर’को मुख्य उद्देश्य भएको बताएकी छन् । सकारात्मक र नकारात्मक दुवै पक्ष देखाउँदै सन्देशसहित मनोरञ्जन प्रदान गर्नु नै सिनेमाको सुन्दर पक्ष भएको उनको भनाइ छ । र, यसलाई आफूले नभुलेको उनले स्पष्ट पारेकी छन् । 

“दर्शकलाई सिनेमाप्रति उत्सुकता जागोस् भनेर टिज गर्ने उद्देश्यले हामीले टिजर काटेका हौँ । ट्रेलर हेर्न माहोल बनाउनु पर्छ भन्ने भइसकेको सन्दर्भमा ट्रेलरको प्रतिक्षामा दर्शकलाई राख्न हामीले यो टिजर बनाएका हौँ,” किन बोक्सीप्रतिको अन्धविश्वासलाई प्रश्रय दिनेखालको टिजर काटेको भन्ने बाह्रखरीको प्रश्नमा उनी भन्छिन्, “ट्रेलरले कस्तो सिनेमा हो, के–के कुरा चलचित्रमा देख्न पाइन्छ त्यो स्पष्ट पार्छ । त्यसैले टिजरमार्फत् हामीले टिज मात्रै गर्न खोजेका हौँ ।” 

टिजरमार्फत सिनेमा साइकोलोजिकल थ्रिलर हो भन्ने जानकारी गराउन आफूहरू सफल भएको उनी बताउँछिन् । कस्तो सिनेमा हो भनेर स्पष्ट पार्न सिनेमाका केही कुरा टिजरमार्फत भनेको उनी स्पष्ट पार्छिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सिनेमा हेरेपछि निर्माण पक्षले जे सोचेर चलचित्र बनाएको त्यो प्रभाव पार्नेमा आफू ढुक्क रहेको केकीको दाबी छ । “मेरकरको चाहना हलसम्म दर्शकलाई लिएर आउन सकौँ भन्ने हुन्छ । सबै कुरा टिजरमै समेट्न सकिँदैन,” किन एकपक्षीय टिजर तयार गरेको भन्ने प्रश्नमा उनी स्पष्ट पार्छिन्, “हेर्दा एकपक्षीय जस्तो लाग्ला तर अहिलेका लागि यो योजना पनि हो । ट्रेलरमा केही थप कुरा आउनेछ, त्यसले केही कुरा प्रष्ट्याउनेछ ।” 

कतिले भोगिरहेको, देखिरहेको, सुनिरहेको र पढिरहेको कथामा सिनेमा बनेको उनको भनाइ छ । थ्रिलर जानरामा नेपाली कथा सिनेमामा हेर्न पाइन्छ कि भन्ने उत्सुकता जगाउने ध्येय रहेको र त्यसमा आफ्नो टिम सफल हुने केकीको विश्वास छ । चलचित्रले मनोरञ्जनसँगै धेरै कुरा सिनेमामा भन्ने उनको दाबी छ । 

Global Ime bank

सिनेमा निर्माण अघि र पछि सिनेमाबारे बहस आवश्यक हुने र त्यसकै लागि सिनेमा निर्माण गरिने केकी बताउँछिन् । सकारात्मक र नकारात्मक दुवै पक्षमा हुने बहस र छलफलले नै गन्तव्यमा पुर्याउने उनको धारणा छ । “संसारमा यति धेरै विषय छन्, जो सहजै उठान गर्न सकिन्छ । तर यो विषय उठान गर्नुको कारण पुरातनवादी चेतना परिवर्तन होस् भन्ने उद्देश्य हो । यति हुँदाहुँदै पनि मनोरञ्जन सिनेमाको मुल धर्म हो, यसबाट हामी भागेका छैनौँ,” केकी स्पष्ट पार्छिन् । 

यो विषयमा थ्रिलर प्रिजेन्टेसन हुनु नै हेर्ने सूचीमा यो सिनेमा परोस् भन्ने रहेको उनी बताउँछिन् । टिजरदेखि नै केही फरक अभ्यास र योजना बनाएको उनको भनाइ छ । “वाचलिस्टमा यो सिनेमा पर्यो भनेर मलाई टिजर हेरेर प्रतिक्रिया आएको छ । यो नै प्रारम्भिक सफलता हो भन्ने लाग्छ । किन एक पक्षीय कुरा आयो भन्ने कुरालाई पनि हामीले मनन् गरेका छौँ,” उनी भन्छिन्, “यही नै सिनेमाको व्युटी हो । कुनै पनि विषय उठान गरेपछि बहुपक्षीय कुरा आउनै पर्छ । आइरहेका छन् । अहिले दुवै पक्षका कुरा आउन् भन्ने चाहना हो । ट्रेलर र सिनेमामा देखाउनु पर्ने कुरा हामी देखाउने नै छौँ ।” 

केकी अधिकारीको मुख्य भूमिकामा रहेको चलचित्र ‘बोक्सीको घर’ वैशाख १४ गतेबाट प्रदर्शनमा आउँदै छ । केकीको होम प्रोडक्सनमा निर्माण भएको यो चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित छ । सोही नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले सिनेमालाई निर्देशन गरेका छन् ।

केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC