site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र ‘अञ्जिला’को फर्स्टलुक पोस्टर सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । 

मिलन चाम्सको निर्देशन रहेको चलचित्रको पोस्टरमा अञ्जिला र अभिनेता दयाहाङ राई फिचर्ड छन् । पोस्टरबाट अञ्जिलाको ग्रामीण जीवनको संघर्षदेखि खेल जीवनसम्मको कथा चलचित्रमा रहेको संकेत गर्छ । ढाका टोपीमा देखिएका अभिनेता राईको भूमिकाबारे भने पोस्टरले स्पष्ट पारेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

इलाम, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा अञ्जिला स्वयं  मुख्य भूमिकामा छिन् । उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, प्रेम कुमार श्रेष्ठलगायतको अभिनय रहनेछ । 

अञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथामा चलचित्र बनेको निर्देशक चाम्सले बताएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC