site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
बंगलादेशको साहित्यिक कार्यक्रममा नेपाली स्रस्टा  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बंगलादेश–नेपालमैत्री समाजको आयोजनामा बंगलादेश र नेपालका साहित्यकारहरू सम्मिलित चार दिने साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । उक्त साहित्यिक कार्यक्रममा नेपाल स्रस्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र संरक्षक पवन आलोकले नेपाल र बंगलादेशबीच विद्यमान भाषा, साहित्य र कलाका सम्बन्धमा आफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा बंगलादेश नेपाल फ्रेन्डसीप सोसाइटीका अध्यक्ष लायन मोसिउर अहमद, नेपाली दूतावासका द्वितीय सचिव योजना बम्जन, सोसाइटीका सचिव सल्लाउद्दिन कुटुले दुई देशबीचको हार्दिकतापूर्ण सम्बन्धका बारेमा बोलेका थिए ।
 
बंगलादेशको कक्स बजार र ढाकामा सम्पन्न साहित्यिक कार्यक्रममा कविहरू डा. दिलारा हाफिज, शेली सेनगुप्ता, शफिउल आलम तालुकदार, मोमिन मेहदी, विमल गुहा, प्रा.डा. नजमा खान, डा. शान्तिमाया गिरी, लक्ष्मी रेशमीलगायतले आफ्ना कविता वाचन गरे ।
 
बंगलादेशका संसद् सदस्य अब्दुल्लाह अल कैसर हसनातको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बंगलादेश–नेपाल मैत्री समाजका अध्यक्ष लायन मोसिउर अहमद, इसाक हुसेन, मोहम्मद मोसिउर रहमान, महमुद खान बिजुले बोलेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC