site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी र कर्णाली प्रदेश विजयी
Sarbottam CementSarbottam Cement

राटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोसी प्रदेश ट्रफी पेप्सी नेसनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बुधबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रनको योगफल बनाएको थियो ।

लुम्बिनीका लागि विशाल विक्रम केसीले ३१ बलमा ४ छक्का र एक चौका प्रहार गरी ४८ रन बनाउँदा कप्तान देव खनालले २३ बलमा २ छक्का र ६ चौका प्रहार गरी ४५ रन र दिलसाद अलीले ३१ रनको योगदान दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सुदूरपश्चिमका नरेन साउदले २ विकेट लिँदा हेमन्त धामी, दिपक बोहोरा र शेर मल्लले समान १–१ विकेट लिएका थिए ।

जवाफमा १६९ रनको लक्ष्य पाएको सुदूरपश्चिमले १७ दशमलव १ बलमा सबै विकेट गुमाएर १११ रनमा सीमित भयो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक १९ रन जोड्दा अभिषेक पलले १८ रनको योगदान दिए  ।

Global Ime bank

लुम्बिनीका म्यान अफ द म्याच निर्मल गुरुङले तीन विकेट लिँदा विर मगर र राहुल चौहानले २–२ विकेट  लिए ।

दोस्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई तीन विकेट पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा सबै विकेट गुमाई ९० रनमा खुम्चियो ।

मधेसका प्रदीप पासवानले सर्वाधिक १८ रन बनाउँदा अविशेक तिवारीले १२ रन, अरनिको यादवले ११ रन र राजेश यादवले नटआउट ११ रनको योगदान दिए ।

कर्णालीका म्यान अफ द म्याच दिवान पुनले ३ विकेट लिँदा दिनेश अधिकारी र अनुज चहरा २–२ विकेट लिए ।

जवाफमा ९१ को सामान्य लक्ष्य पछ्याएको कर्णालीले १५.४ बलमा सात विकेट गुमाएर लक्ष्य पार गरेको छ । कर्णालीका लागि हिमान्सु शाहीले २६ बलमा ३ छक्का र ३ चौका प्रहार गरी ३४ रन बनाउँदा  अर्जुन घर्तीले १४ रन र रविद्यन्र शाहीले १२ रनको योगदान दिए ।

मधेसका रन्जित कुमारले तीन विकेट लिँदा हरिशैकर साहले दुई विकेट लिए ।

बिहीबारको पहिलो खेल लुम्बिनी र गण्डकी तथा दोस्रो खेल कोसी र मधेस प्रदेशबीच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साख बाबु कुरैसीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement