site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ओमानका पूर्वकप्तान जिसन मक्सुद कर्णाली याक्समा अनुबन्ध

काठमाडौं । हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ओमानका पूर्वकप्तान जिसन मक्सुदलाई अनुबन्ध गरेको छ । आइतबार कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल)को लागि ३७ वर्षीय अनुभवी अलराउन्डरलाई टोलीमा समावेश गरेको हो ।

कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल अलराउन्डर मक्सुदको आगमनसँगै टोलीको ब्याटिङ र बलिङ बलियो हुने बताए ।

"मक्सुद अनभुवी ब्याटर र बलर हुन् । उनको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ र बलिङ लाइन बलियो हुने आशा छ," उनले भने ।

मक्सुदले पनि नेपाल प्रिमियर लिग खेल्न आफू उत्साहित रहेको बताएका छन् । उनले ओमानको लागि ४८ एकदिवसीयमा एकहजार २७३ रन बनाएका छन् । त्यस्तै, ७३ टी–२० खेलमा एकहजार ३६९ रन बनाएका छन् । त्यस्तै, बलिङतर्फ टी–२० आईमा ५१ विकेट लिएका छन् ।

बाँयाहाते ब्याटर मक्सुद कर्णाली याक्समा अनुबन्ध हुने पाँचौँ खेलाडी हुन् । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपीएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् । त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेस्ट खेलिसकेका चादविक वाल्टन र हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात छन् ।

मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन्।

यसअघि, कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ ।

प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro