site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानको खैबर पख्तुनख्वा हिंसामा मारिनेको संख्या ८२ पुग्यो, के हो विवाद ?

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा कुर्रम जिल्लामा बिहीबारदेखि जारी हिंसामा मृत्यु ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । अन्य १५६ जना घाइते भएका छन् ।

मारिनेमा १६ सुन्नी र ६६ शिया समुदायका छन् । आक्रमणकारीले महिला र बालबालिकासहित धेरैलाई बन्धक बनाएका छन् भने शव हस्तान्तरण गर्न अस्वीकार गरिरहेका छन् ।

खैबर पख्तुनख्वाका मन्त्री अफताब आलमले युद्धविरामको प्रयास गरिरहे पनि सफल हुन नसकेको बताएका छन् ।

गत बिहीबार कुर्रम जिल्लाको मन्डुरी र ओछाटमा ५० भन्दा बढी यात्रुवाहक भ्यानमा गोली प्रहार हुँदा ६ वटा भ्यानमा ठूलो क्षति पुगेको थियो । यी सबै गाडीहरू पर्चिनारबाट खैबर पख्तुनख्वाको राजधानी पेशावरतर्फ गइरहेका थिए ।

के हो विवाद ?

अफगानिस्तानसँग सीमा जोडिएको सिया बहुल कुर्रम जिल्लामा अलिजाई (सिया) र बागान (सुन्नी) जनजातिहरूबीच दशकौँदेखि द्वन्द्व चलिरहेको छ । सीमा विवादका कारण आतंकवादीको आश्रयस्थल बनेको खैबर पख्तुनख्वालाई लिएर पाकिस्तान र अफगानिस्तानबीच सधैँ तनाव रहँदै आएको छ ।

जसका कारण धेरै आतंककारी समूहले यसलाई आश्रयस्थलको रूपमा प्रयोग गर्छन् । यसबाहेक यहाँ बसोबास गर्ने जनजातिबीच लामो समयदेखि जग्गा विवाद छ । सीमा क्षेत्रका सम्बन्धमा दुई देशबीच आपसी सहमति नहुँदा आतंकवादी घटना घटिरहेको बताइन्छ ।

एजेन्सीको सहयोगमा ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  २२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro