site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जब युवकले महिलाको शव सडक छेउमा फाले...

काठमाडौं । मध्यरातमा महिलाको शव बोकेका एक युवाले केही पर सडक छेउमा लगेर फाल्छन् । त्यसपछि उनी आफ्नो गन्तव्यतिर लाग्छन् । सबै दृश्य सीसीटीभी फुटेजमा कैद हुन्छ । फुटेज प्रहरीको अनुसन्धानको विषय बन्छ । अनुसन्धानमा खटिएका प्रहरीले सीसीटीभी फुटेजकै आधारमा शव फ्याँक्ने युवालाई पक्राउ गर्छन् ।

प्रायः चलचित्र देखिने र सुनिने यो घटना यसपटक काठमाडौंको कालीमाटीमै भएको छ । यही मंसिर ७ गतेको घटना विवरण आज सार्वजनिक भएको हो । सीसीटीभीमा देखिएको दृश्यपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती व्यक्तिको खोजी र घटनाको विवरण संकलनमा खटिएको छोटो समयमै शव बोकेर हिँड्ने युवालाई पक्राउ गर्न सफल भएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जीसीले घटनामा संलग्न व्यक्ति बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेको र उनलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

उनका अनुसार, आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा उनीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको छ । 

अनुसन्धानमा उनी लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । महिलाको शव बोकेर फाल्ने समयमा उनले लगाएको चप्पल, ट्राउजर र ज्याकेटका आधारमा प्रहरीले खोजी सुरु गरेको थियो । उनलाई त्यही अवस्थामा भेटिएको जीसीले जानकारी दिए ।

मल्लले सीसीटीभी फुटेजमा देखिएका व्यक्ति आफू भएको प्रहरीसमक्ष स्वीकार गरेका छन् । हाल महिलाको शव परीक्षणका लागि पठाइएको र त्यसको ‘रिपोर्ट’ आउन बाँकी रहेकाले घटनाको कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार  महिलामाथि बलात्कार भएको आशंका गरिएको छ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  २३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro