site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सूर्य नेपाल गल्फ टुर २०२४–२५ को तालिका सार्वजनिक, पहिलो इभेन्ट सोमबारदेखि 

काठमाडौं । नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपीजीए)को आयोजनामा हुने सूर्य नेपाल गल्फ टुर २०२४/०२५ को तालिका सार्वजनिक भएको छ । आयोजक एनपीजीएले आइतबार पत्रकार सम्मेलन गरे टुरमा रहेको आठ इभेन्टको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार, सिजनको पहिलो इभेन्ट, सूर्य नेपाल सेन्ट्रल ओपन नोभेम्बर २५ (सोमबार)देखि २८ (बिहीबार)सम्म सञ्चालन हुने छ । इभेन्ट गोकर्ण फरेस्ट गल्फ क्लब काठमाडौंमा हुने छ । इभेन्टमा ३३ प्रोफेसनल र सात एमेच्योर गरी कुल ४० गल्फरले सहभागिता जनाउने छन् ।

बहत्तर होलमा खेलाइने इभेन्टको पहिलो चरणमा ३६ होल हुने छ । जसमध्ये शीर्ष २१ भित्र पर्ने गल्फर दोस्रो चरणमा प्रवेश गर्ने छन् ।

इभेन्टको कुल पुरस्कार राशि आठ लाख ८२ हजार रुपैयाँ हुने छ । इभेन्टको विजेताले एक लाख ५० हजार प्राप्त गर्ने छन् । यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

आयोजकले एमेच्योर नम्बर वान खेलाडी सद्‌भाव आचार्यसँगै भुवन नगरकोटी, निरज तामाङ, धाना थापा, सञ्जय लामा, रवि खड्का, तोरन शाही, कुमार कामी गरी आठ खेलाडीलाई इभेन्टको उपाधि दाबेदारको रूपमा लिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल गल्फ संघ (एनजीए)का महासचिव दीपक आचार्य र एनपीजीएका अध्यक्ष रवीन्द्र मान श्रेष्ठ उपस्थित थिए ।

“आगामी एसियाली खेलकुदमा हामीले पदकको लक्ष्य राखेका छौँ । डेढ दशकको यो यात्रामा हामीले गल्फमा ठूलै फड्को मारेका छौँ,” आचार्यले भने, “यो टुरले हाम्रो पदकको लक्ष्यमा सहयोग मिल्ने छ भन्ने विश्वास गरेका छौँ । हामी यसमा मिहिनेत गरिरहेका छौँ ।”

सिजनको दोस्रो इभेन्ट सूर्य नेपाल काठमाडौं ओपन डिसेम्बर १० देखि १३ सम्म रोयल नेपाल गल्फ क्लब, काठमाडौंमा हुने छ । तेस्रो इभेन्ट सूर्य नेपाल इस्टर्न ओपन डिसेम्बर २३ देखि २६ सम्म धरान गल्फ क्लब धरानमा हुने छ ।

चौथोँ इभेन्ट सूर्य नेपाल वेस्टर्न ओपन २०२५ को जनवरी २१ देखि २४ सम्म हिमालयन गल्फ क्लब, पोखरामा हुने छ । पाँचौँ इभेन्ट सूर्य नेपाल च्यालेन्ज फेब्रुअरी ११ देखि १४ सम्म हुने छ । यो इभेन्टको आयोजना स्थल आयोजकले अझै पनि निर्धारण गरेको छैन । 

सिजनको छैटौँ इभेन्ट सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप मार्च १७ देखि २० सम्म गोकर्ण फरेस्ट क्लबमा हुने छ । सातौँ इभेन्ट सूर्य नेपाल एनपीजीए म्याच प्ले अप्रिल ८ देखि १० सम्म रोयल नेपाल गल्फ क्लबमा हुने छ । 

सिजनको अन्तिम इभेन्ट सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण फरेस्ट क्ल्बमा हुने छ । यो सबैभन्दा धेरै धन राशि भएको इभेन्ट हो । यस इभेन्टको पुरस्कार राशि १६ लाख १९ हजार रुपैयाँ छ ।

सिजन ०२४–२५ को पुरस्कार राशि ६७ लाख ३२ हजार रुपैयाँ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro