site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रेयस ऐयर बने आईपीएलका महँगा खेलाडी, स्टार्कको मूल्य खस्कियो

काठमाडौं । भारतीय टिमका ब्याटर श्रेयस ऐयर इन्डियन प्रिमियर लिग (आईपीएल)मा अहिलेसम्मकै सबैभन्दा महँगो खेलाडी बनेका छन् । आइतबार साउदी अरेबियाको जेदाहमा अक्सनमा ऐयरलाई पञ्जाव किंग्सले २६ करोड ७५ लाख भारतीय रुपैयाँमा भित्र्याएको हो ।

उनले यसअघिका महँगा खेलाडी मिचेल स्टार्कलाई पछि पारेका हुन् । यसअघि, स्टार्कलाई सन् २०२४ को सिजन कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

ऐयरले पछिल्लो सिजन कोलकाता नाइट राइडर्सबाट आईपीएलमा प्रतिस्पर्धा गरेका थिए । यसअघिका महँगा खेलाडी स्टार्कलाई भने दिल्ली क्यापिटल्सले ११ करोड ७५ लाख रुपैयाँ अनुबन्ध गरेको छ । 

आईपीएलको आगामी संस्करण २०२५ को मार्चदेखि मेसम्म हुने तालिका रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro