site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालेनविरुद्ध काठमाडौंका सडकमा निस्किए कवाड संकलनकर्ता र व्यवसायी (भिडियोसहित)

काठमाडौं । कवाड संकलन गरेर राख्ने ठाउँमा डोजर चलाएको र राख्न नदिएको भन्दै काठमाडौं महानगरपालिकाविरुद्ध संकलनकर्ता एवम् व्यवसायी आन्दोलनमा उत्रिएका छन् । 

काठमाडौं महानगरभित्रका कवाडी व्यवसायी एवम् संकलनकर्ताहरुले मेयर बालेन्द्र साह (बालेन)ले आफुहरुविरुद्ध ज्यादती गरेको आरोप लगाएका छन् ।  थापाथली, त्रिपुरेश्वर हुँदै काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पुग्नेगरी महानगरको निर्णयविरुद्ध कवाडी संघ एवम् व्यवसायी र संकलनकर्ताहरुले जुलुससहित विरोध आन्दोलन गरेका छन् । 

जुलुसमा सहभागी एक व्यक्तिले भने,“कवाड संकलन गरेर राख्न दिएको छैन । कवाड उठाउन नमिल्ने गरेको छ । विस्तारै यसरी काम गर्ने सबैलाई महानगरले हटाउँदै छ ।” 

Global Ime bank

जुलुसमा सहभागीहरुले ‘बालेन मुर्दावाद’ भन्दै नारा लगाएका छन् भने कवाड संकलन गरेको ठाउँमा ‘डोजर चलाउन बन्द गर’, ‘अदालतको आदेश पालना गर’ भनेर लेखेका र प्ले कार्ड बोकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu