site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सांसद पन्तले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले ‘द पायोनियर’ पोर्टलमा ‘इन्डिया इज अन द राइट ट्रयाक इन नेपाल’ भनेर लेखेको लेखमा परराष्ट्र मन्त्रालय नबोलेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा उनले अशोक मेहताले फेब्रुअरी २७ मा लेखेको उक्त लेख नेपाल र नेपालीका लागि आपत्तिजनक र अपमानजनक रहेको बताए । उक्त लेखमा  चीनले स्तम्भ रहेको ठाउँमा नेपालको सिमाना मिचेको भनी लेखेको उल्लेख गरे । त्यो साँचो हो कि झुटो भन्दै उनले परराष्ट्र मन्त्रालय मौन हहेकोमा आपत्ति जनाए ।

“हाम्रो परराष्ट्रमन्त्री चुपचाप हुनुहुन्छ । उहाँलाई कहाँ फुर्सद थियो र नरेन्द्र मोदीजीकोमा हाजिरी बजाउन जानुभएको थियो,” पन्तले कटाक्ष गरे । लेखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत चढ्नका लागि उपयुक्त पात्र भएको र कांग्रेस सभापति शेरबहादुर देउवा तबेलामा राखेको घोडा हुन् भन्दा परराष्ट्र मन्त्रालय र पार्टी नबोलेको भन्दै आपत्ति जनाए । 

“प्रधानमन्त्रीलाई दिल्लीको घोडा भन्दा बोल्न सक्नुहुुन्न । कुन सुरुङमा लुकेर बस्नुभएको छ,” उनले माओवादीका नेतालाई प्रश्न गरे । उनले नेपाली कांग्रेस नबोलेको भन्दै आक्रोश पोखे । पन्तले प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयमार्फत् खण्डन गर्न नसक्ने भए पद छाड्नु पर्ने बताए । 

Global Ime bank

“किन प्रधानमन्त्री भएर बस्नुभएको छ ? छोड्नुस् राजीनामा दिनूस्,” पन्तले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu