site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत् राखिने

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर २१ पैसा र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसाले बढेर आएको छ ।

निगमका अनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१.६६ रुपैयाँले बढेर आएको छ । अहिले निगमलाई प्रतिसिलिन्डर ३२५ रुपैयाँ घाटा छ ।

तर, उपभोक्ताको हितलाई ध्यानमा राखेर हाललाई पेट्रोल, डिजेल/मट्टीतेल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

अहिले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजेलको मूल्य १५७.५० रुपैयाँ छ ।

Global Ime bank

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य १६० रुपैयाँ छ ।

ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu