site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अवैध रूपमा छिरेका आठ नेपालीलाई अमेरिकाले प्लेन चार्टर्ड गरेर फर्कायो नेपाल 

काठमाडौं । अमेरिकाले अवैध तरिकाले आफ्नो देशमा प्रवेश गरेका आठजना नेपालीलाई डिपोर्ट (फिर्ता) गरेको छ । मानव तस्करको प्रलोभनमा ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गरेका उनीहरूलाई अमेरिकाले प्लेन चार्टर्ड गरी नेपाल पठाएको हो ।

“अमेरिकाले डिपोर्ट गरेका आठजना नेपाली बिहीबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनीहरूलाई अमेरिकाले चाटर्ड प्लेनमा राखेर पठाएको थियो,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगन बहादुर हमालले बाह्रखरीसँग भने । 

डिपोर्ट भई आएकाहरूलाई आवश्यक कागजात गरी छोडिएको उनले जानकारी दिए । डिपोर्ट भई आएकाहरू केही समय अमेरिकाको जेलमा समेत बसेको उनले बताए । 
 
“गम्भीर अपराध गरेका कारण डिपोर्ट भएकाहरूलाई हामी प्रहरीलाई बुझाउँछौँ । सामान्य कारण डिपोर्ट भएकाहरूलाई छोडिन्छ,” हमालले भने ।

मानवतस्करहरूको प्रलोभनमा परी बर्सेनि सयौंको संख्यामा नेपालीहरू ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका पुग्ने गर्छन् । 

यसरी जानेहरू अमेरिका प्रवेश गरेपछि आफूहरू शरणार्थी भएको दाबी गर्छन् । स्थानीय प्रहरीले उनीहरूलाई आवश्यक मुद्दा समेत चलाउँछ ।  पछिल्लो समय यसरी अमेरिका जाने धेरैलाई अमेरिकाले डिपोर्ट गर्दै आएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro