site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनसेल बाह्रखरी पोखरा गल्फ एन्ड बियोन्डको शीर्ष प्रायोजक 

काठमाडौं । यसै वर्ष पोखरामा हुन लागेको गल्फ प्रतियोगिताको शीर्ष प्रायोजकमा एनसेल रहने भएको छ । विगत पाँचवर्षदेखि एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको शीर्ष प्रायोजक रहेको छ ।

बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य र एनसेल कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काबीच एक समझदारीपत्र हस्ताक्षरसहित आदानप्रदान भएको छ । हस्ताक्षरपछि खड्काले विगतका चार वर्षमा जस्तै यो वर्ष पनि प्रमुख प्रायोजकका रुपमा बाह्रखरीसँग आवद्ध भएकोमा खुसी व्यक्त गरिन् ।

“बाह्रखरी मिडियासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्षको गल्फ एन्ड बियोन्ड कार्यक्रमका लागि साझेदारी गर्न पाएकोमा हामी हर्षित छौँ । यो कार्यक्रमले विषेश गरी गण्डकी प्रदेशको सामाजिक, आर्थिक विकास र पोखराको पर्यटन प्रवर्धननमा लागि ठूलो महत्त्व राख्ने हुदाँ हामी उत्साहित छौँ,” हस्ताक्षर समारोहमा उनले भनिन् ।

बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक आचार्यले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि एनसेलसँग सहकार्य गर्न पाउँदा आफूहरूलाई खुसी लागेको बताए । उनले लामो समयसम्म सहकार्य गर्न सकिने बताउँदै आगामी वर्षमा पनि साथ रहने विश्वास व्यक्त गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu