site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेमा समूहगत छलफल सुरू

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा पार्टी नेताहरुले प्रश्तुत गरेका कार्ययोजनामाथि नौवटा समूह बनाएर छलफल सुरू भएको हो । मंगलबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई समाधान गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समीक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदबाबको खाकासहितको कार्ययोजना प्रश्तुत गरेका थिए ।

सोही कार्ययोजनामाथि समूहगत रूपमा छलफल सुरू गरिएको हो । एमालेले पुष्पलाल मध्यपहाडी लोकमार्गमा पार्टीले आयोजना गरेको समृद्धिका लागि संकल्प यात्राका क्रममा प्राप्त सुझाव कार्यान्वयनका लागि सरकारलाई बुझाएको छ । 

सोही सुझावपत्र कार्यान्वयनका लागि बैठकले सरकारलाई दबाब दिने पनि पार्टीका उपमहासचिव ज्ञवालीले बताए ।

Global Ime bank

बिहीबारसम्म चल्ने बैठकमा प्रश्तुत कार्ययोजनामाथि छलफल गर्न एमालेले स्थायी कमिटी, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरू गरी नौ समूह बनाएको छ । 

समूहले प्रश्तुत गरेको निष्कर्षलाईसमेत सम्बोधन हुनेगरी अध्यक्ष ओलीले सम्बोधन गरेपछि बैठक समापन हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu