site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महासमिति बैठकमा कोसी प्रदेशको पहिचानको आन्दोलनले पायो प्रवेश
Global Ime bank

गोदावरी ललितपुर । कोसी प्रदेशमा भएको पहिचानको आन्दोलनको विषयमा प्रदेश सभापतिहरुले महासमिति बैठकमा विषय उठान गरेका छन् । धनकुटा जिल्ला सभापति दिनेश राईले ‘कोसीमा हामीले कसरी राजनीति गर्ने हो ?’ भन्दै महासमिति बैठकमा प्रश्न गरे ।
 
कोसी प्रदेशको नामको विषय पेचिलो बनिरहँदा कांग्रेस नेताहरु कानमा तेल हालेर बसेको भन्दै उनले आक्रोश पोखे । जसका कारण गौरवका साथ राजनीति र कार्यक्रम गर्न नसकेको उनको गुनासो छ । 

‘कोसी प्रदेशको नामांकनको विषय पेचिलो हुँदै गर्दा नेतागणहरु कानमा तेल हालेर बस्नुभएको छ । कोसी प्रदेशमा हामीले कसरी राजनीति गर्ने ? कुनै पनि राजनीतिक दलले खुलेर कार्यक्रम गर्न पाएका छैनन्, उनले भने ।
 
राईले कोसीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके १४ जिल्ला सभापति मिलेर समाधान दिने चेतावनी दिए ।
 
मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले महासमिति बैठकको निर्णय केन्द्रीय समितिले उल्टाउन नपाउने चेतावनी दिए । उनले पनि पहिचानको विषयमा कुरा उठाए । लिम्बूले क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्लालाई दिनुपर्ने धारणा राखे ।
 
सुनसरी जिल्ला सभापति केदार भण्डारीले गठबन्धन गर्ने विषय उठान गरे । उनले आफ्नो मान्छे परे गठबन्धन ठिक नपरे बेठिक भन्ने परिपाटी कहिले अन्त्य हुन्छ भन्दै प्रश्न गरे । उनले कोसीमा कांग्रेसले गठबन्धन गरेर के घाटा भयो भन्दै नेतृत्वलाई प्रश्न गरे ।
 
हाल चारवटा हलमा सात प्रदेशका महासमिति सदस्यहरुले समूहगत छलफल गरिरहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu