site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सबैको पालो आउँदोरहेछ, अब नेपालको समय आयो : अर्थमन्त्री 

काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अब नेपालको विकास र प्रगतिको समय आएको बताएका छन् ।

जारी महासमितिको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“सबै देशको समय आउँछ, अब नेपालको समय आयो र, आउँछ,” उनले भने, “हाम्रो पार्टीका साथीहरु नकारात्मक झगडा नगरौँ । अब नेपालमा आर्थिक भविष्य छ । युवाहरुले रोजगार पाउन सक्छन् । वनारसको पेडा खाए पनि पछुताए, नखाए पनि पछुताए भनेजस्तो हामीले विदेश जानेलाई रोक्न सक्दैनौँ । तर नेपालमा उपभोग बढाऔँ, लगानी बढाऔँ ।”

उनले अहिले स्रोत र साधनको चेपुवामा संघीय सरकार परेको हुनाले केन्द्र, प्रदेश र स्थानीय तहमा आफ्ना माग राख्न अनुरोध गरे ।

Global Ime bank

“सम्पूर्ण स्रोत केन्द्रको हातमा छैन । तर माग पूरानै अवस्थामा आएका छन्,” डा. महतले भने, “७५३ र सात प्रदेशलाई बजेट दिनैपर्छ । विदेशको ऋण, सामाजिक सुरक्षा र दायित्व केन्द्रले नै तिर्नुपर्छ । पुँजीगत खर्च केन्द्रले नै तिर्नुपर्ने हुँदा समस्या छ । केन्द्रबाट सबै अपेक्षा गर्न सक्ने अवस्था छैन । केन्द्र, प्रदेश र स्थानीय तहबाटै माग गर्ने गरौँ । चुनौतीको अवस्थामा छौँ । हाम्रा सीमा र समस्या बुझेर मागौँ । हामी निराश नहोऔँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu