site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बाँदरको समस्या समाधानको लागि अध्ययन आवश्यक 

पोखरा । पहाडी क्षेत्रमा बाँदरको समस्या प्रमुख नै हो । बाँदरबाट कृषक यति आजित छन् यो विषय सदनमा पुगेको छ । सरकारले आफनो नीति तथा कार्यक्रममा बाँदरको विषय समेट्न छुटाउँदैन । पछिल्लो समय पहाडि क्षेत्रमा बाँदर र मानिसको द्वन्द्व बढ्दो छ । केही हप्ताअघि मात्र पोखरा महानगरपालिका वडा नम्बर १७ मा बाँदरको समस्याका कारण वडाध्यक्षले रुख काट्ने आदेश जारी गरे । 

पछि, सो निर्णयको चौतर्फी आलोचना भएपछि पोखरा महानगरका प्रमुख धनराज आचार्यले उनको निर्णयका विपक्षमा पत्र जारी गरेका थिए । बाँदरकोे समस्या समाधानमा स्थानीय तहलाई अधिकार र सहयोग गरे निष्कर्ष निस्किने भनाइ राख्छन् महेश्वर ढकाल । स्थानीय नीति निर्माणबाट यो समस्याको समाधान निस्किने उनको भनाइ छ । 

“कास्कीको बाँदरको समस्या स्याङ्जासँग मिल्दैन । स्याङ्जाको समस्या तनहुँसँग मिल्दैन । त्यो समयअनुसार ठाउँअनुसार गर्नुपर्ने भएको हुनाले यो स्थानीय सरकारलाई हामीले अध्ययन अनुसन्धान गरेर उनीहरू त्यही स्थानीय नीति निर्माण गर्नमा सहयोग गर्यौं भने यो समस्या समाधान गर्न सक्छौँ । तर, अलिकति जोड चाहिँ गर्नुपर्ने हुन्छ,” महेश्वरले भने ।

उनी बाँदरको समस्या नेपालमा पेचिलो बन्दै गएकाले यसबारे अध्ययन हुनुपर्ने विचार राख्छन् । ११औँ नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिनको सत्र ‘प्रकृतितर्फ फर्क !’ मा विचार राख्दै उनले योग्य हिसाबले अध्ययन हुनुपर्ने भनाइ राख्छन् । 

Global Ime bank

“बाँदरको समस्या नेपालमा एकदमै पेचिलो भएर गएको छ यसमा यही नै उपाय हो भन्ने छैन यसमा एउटा बाँदरको समस्याको बारेमा अलिभरपर्दो अनुमान गर्न योग्य हिसाबले यसको अध्ययन अनुसन्धान हुनपर्‍यो । कहीँ घटना घट्यो अनि त्यसपछि यसको सोलुसन निकाल्ने होइन । सम्रगमा यसको अध्ययन गरेर कन्क्लुसन हुनपर्यो,” महेश्वरले भने । 

पहाडमा बाँदर र तराईमा हात्ती मानवबीचको द्वन्द्व सिर्जना बढ्दो छ । तीनै तहका सरकारले विभिन्न कार्यक्रम योजना ल्याएपनि यो समस्याबाट कृषक र स्थानीय आजित छन् । हात्तीबाट तराई क्षेत्रमा स्थानीय उस्तै आजित छन् । प्राकृतिक हिसाबले हात्ती र मानिसबीचको द्वन्द्व समाधान गर्न सकिने उनको भनाइ थियो । तर, उनी हात्ती ठूलो स्तनधारी प्राणी भएकाले उसलाई खान, बस्ने स्थान फराकिलो आवश्यक परेको विषयमा ध्यान दिनुपर्ने बताउँछन् । बढ्दोे मानव र वन्यजन्तुबीचको द्वन्द्वमा मानिसको बढ्दो जनसंख्या एक कारण रहेको विचार उनी राख्छन् । 

“कहाँनिर ब्यालेन्स बिग्रेको छ भने । मान्छेको जनसंख्या बढ्दै जाँदा हाम्रो बस्तीहरू विस्तार भए । बाटोघाटो धेरै बनायाँै वनक्षेत्रको प्रयोग गर्यौ । त्यो गर्दा हात्ती बस्ने ठाउँमा मान्छे बस्न थाल्यौँ । हात्तीलाई खाने बस्ने पिउने अभाव भयौ । र, मान्छे र हात्तीको बीचमा द्वन्द्व सिर्जना हुँदै गयो,” उनले भने । 

सत्रमा वन्यजन्तु र मानिसबीचको सम्बन्ध र योबाट सिर्जित समस्याको विषयमा बहस भएको थियो । सत्रमा वक्ताको रूपमा महेश्वर, राजेन्द्र सुवाल र सहजकर्ताको रूपमा ददी सापकोटा थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu