site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
सिटी काउन्सिलमा पौडेल निर्विरोध

ड्यालस (टेक्सस) । टेक्ससको नेपाली समुदायका समाजसेवी टीका पौडेल युलेस सिटी काउन्सिल सदस्यमा निर्विरोध भएका छन् ।  तीन वर्ष अघि सिटी काउन्सिल सदस्यमा निर्वाचित पौडेल यस पटक निर्विरोध भएका हुन् । 

त्यतिखेर भारी मतले निर्वाचित पौडेलसँग प्रतिस्पर्धाका लागि यसपटक कसैले पनि मनोनयन पत्र दर्ता गरेनन् । पौडेल बाहेक कसैको पनि मनोनयनपत्र दर्ता नगरेको हुँदा उनी निर्विरोध भएका हुन् ।

युलेस सिटीको प्लेस-६ का लागि पौडेलको मात्र उम्मेदवारी दर्ता भएको छ । प्लेस-५ का लागि भने चार जनाको उम्मेदवारी परेको छ । 

तीन वर्ष अघि पौडेल निर्वाचित भएर आएपछि नेपाली समुदाय र अमेरिकी राजनीतिमा जोड्न पौडेलले निकै उच्चस्तरको भूमिका निर्वाह गर्दै आएका छन् । 

Global Ime bank

नेपाली समुदायमा मात्र नभएर श्वेत अमेरिकन, अश्वेत अमेरिकी, आप्रवासीहरुका बीचमा पनि पौडेल लोकप्रिय भएका छन् । 

युलेस सिटी ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा पर्ने एउटा प्रमुख शहर हो । संसारकै पाँचौ व्यस्त एअरपोर्ट ड्यालस फोर्टवर्थ अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको युलेस नेपालीहरुको रोजाईको सिटी हो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu