site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं र भरतपुर अस्वस्थकर, काठमाडौंमा शुक्रबार साँझसम्मै प्रदूषण बढ्ने

काठमाडौं । काठमाडौं उपत्यका र भरतपुर सहर अस्वस्थकर बनेका छन् । वायुको गुणस्तरको तह एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५० भन्दा बढी भएसँगै यी सहर अस्वास्थकर वर्गमा परेका हुन् ।

वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार बिहान ११ बजेको एक्यूआई भक्तपुरमा १५६, रत्नपार्कमा १५४ र भरतपुरमा १५२ पुगेको छ ।

उक्त समयमा काठमाडौंको वायुमा पीएम ६१.५ सम्म पुगेको छ । यो मात्रा शुक्रबार दिनभर बढ्ने र राति ११ बजे ६८.९१५ सम्म पुग्ने विभागको पूर्वानुमान छ ।

भरतपुर र हेटौँडामा शुक्रबार दिउँसो १२ बजेसम्म पीएम २.५ को मात्रा १०० भन्दा माथि पुग्ने विभागको पूर्वानुमान छ ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो त्यति हानिकारक मानिन्छ ।

पीएम २.५ को मात्रा ५ माइक्रोग्राम  प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro