site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या हालसम्मकै उच्च
फाइल तस्बिर ।

काठमाडौं । अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको संख्या हालसम्मकै उच्च विन्दुमा पुगेको छ । 

गत वर्षको तुलनामा १०.९ प्रतिशतले वृद्धि भएको छ । हाल १६ हजार ७४२ नेपाली विद्यार्थी अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गरिरहेको ‘ओपन डोर्स रिपोर्ट २०२४’लाई उद्धृत गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । 

“नेपाली विद्यार्थीहरू हाल अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको १०औँ ठूलो समूह बनेका छन्,” दूतावासले भनेको छ । 

संसारभरबाट ११ लाख २६ हजार ६९० विद्यार्थीहरू शैक्षिक वर्ष २०२३/२४ मा अमेरिकाका विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत छन् । 

ओपन डोर्स रिपोर्ट २०२४ अनुसार शैक्षिक वर्ष २०२३/२४ मा अमेरिकामा अध्ययनरत सबैभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीमा भारतका तीन लाख ३१ हजार ६०२, चीनका दुई लाख ७७ हजार ३९८, दक्षिण कोरियाका ४३ हजार १४९ छन् ।

त्यस्तै, क्यानडाका २८ हजार ९९८, ताइवानका २३ हजार १५७, भियतनामका २२ हजार ६६, नाइजेरियाका २० हजार २९, बंगलादेशका १७ हजार ९९, ब्राजिलका १६ हजार ८७७ र नेपालका १६ हजार ७४२ रहेका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro