site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘जनयुद्ध दिवस’लाई राष्ट्रिय उत्सव र गौरवका रूपमा मनाउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनयुद्ध दिवस’लाई रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन आग्रह गरेका छन् । ‘जनयुद्ध दिवस’को अवसर पारेर आज शुभकामना दिँदै उनले ‘जनयुद्ध’को जगमा प्राप्त अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । 

नेकपा (माओवादी)ले नेतृत्व गरे पनि ‘जनयुद्ध’ पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवस भएको उनको भनाइ छ । 

“जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । समावेशी लोकतन्त्र संस्थागत भएको छ,” शुभकामना सन्देशमा उनले भनेका छन्, “सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ । यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैँमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ ।”


pp-1707790297.jpg
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu