site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
खेलाडीहरूका लागि देशमै राम्रो वातावरण बनाउनुपर्छ : ओली
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूका लागि स्वदेशमै राम्रो वातावरण बनाउन सके विदेश पलायन हुनबाट रोक्न सकिने बताएका छन् ।

सोमबार ललितुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलका क्रममा बोल्दै उनले राम्रो खेलाडीका लागि बाहिर अवसरहरू धेरै रहेकाले पलायनको अवस्था आएको बताए ।

Dabur Nepal
NIC Asia

उनले नेपालले नै अन्तर्राष्ट्रिय स्तरका खेलहरू जितेर भविष्यको लागि राम्रो गर्न आवश्यक रहेको बताए । उनले आफू प्रधानमन्त्री भएको बेलामा रंगशालाको पुनः निर्माणदेखि नयाँ रंगशाला निर्माणमा आफूले धेरै काम गरेको दाबी गरे ।

"यही खेल पनि हामी सरकारमा भएका बेलामा टक्सारबाट जमिन खेलकुद परिषद्का नाममा सारेर यो फुटबल मैदान बनाएको हो । हामी नै हौँ, जहाँ गयो बनाउँछौँ । हामीले बनाएको हो, मान्छेलाई मन नपरेर के गर्ने," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu