site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जर्जियामा बन्दुकधारीद्वारा चारजनाको हत्या

त्बिलिसी, जर्जीया । दक्षिणपूर्वी जर्जियाली सहर रूस्ताभीमा आक्रमणकारी समूहले गाली हानी चारजनाको हत्या गरेको छ । प्रहरीले आक्रमणमा संलग्न भएको आरोपमा एक व्यक्तिलाई नियन्त्रणमा लिएको त्यहाँको गृह मन्त्रालयले शुक्रबार जनाएको छ ।

सन् १९८८ मा जन्मिएका ती संदिग्ध आक्रमणकारीले राजधानी त्बिलिसीबाट २५ किलोमिटर टाढा एक लाख २६ हजार मानिसको औद्योगिक केन्द्र रूस्तावी सहरको बजारमा केही राउन्ड गोली चलाएका थिए ।

“बजारमा काम गर्ने संदिग्धका काकासहित चारजनाको मृत्यु भएको छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शंकास्पद व्यक्तिलाई घटनास्थलबाट नै सुरक्षा नियन्त्रणमा लिइएको छ मन्त्रालयले जनाएको छ । उक्त आक्रमणमा अर्का एकजना घाइते भएका र उनलाई अस्पताल लगिएको छ ।

Global Ime bank

समाचार तयार पार्दासम्म आक्रमण के उद्देश्यले गरिएको थियो भन्नेबारे अझै नखुलेको र घटनाबारे अनुसन्धान सुरू गरिएको प्रहरीले जानकारी गराएको छ । 

जर्जियामा अवैध रूपमा हतियार राख्नेलाई छ वर्षको जेल सजाय हुन सक्छ त्यसैले सशस्त्र झडपका घटना विरलै हुने गरेका छन् ।

गत वर्ष एक अवकाशप्राप्त सैनिक अधिकारीले देशको पूर्वी काखेती क्षेत्रमा आक्रमण गर्दा प्रहरी अधिकारीसहित पाँचजनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भउका थिए ।

सन् २०१४ मा, जर्जीया सरकारले पहिले खुकुलो पारिएका बन्दुकसम्बन्धी कानुनहरूलाई कडा बनाएको थियो, जसले गर्दा मानिसहरूले विशेष अनुमति बिना बन्दुक किन्न वा बोक्न गैरकानुनी हुने घोषणा गरिएको थियो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu