site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा स्वतन्त्र प्यानल गठन गर्ने घोषणा
फाइल तस्बिर ।

न्यूर्योक । संयुक्त राष्ट्र्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लूए)को मूल्यांकन गर्न स्वतन्त्र प्यानल गठन गर्ने घोषणा गरेका छन् । 

गत अक्टोबर ७ मा इजरायलमा भएको हमासको आक्रमणमा उक्त एजेन्सीका १२ कर्मचारी संलग्न रहेको इजरायली दाबीका कारण मानवीय संगठनले आलोचनाको सामना गर्नुपरेको छ । 

Dabur Nepal
NIC Asia

एजेन्सीको कोष अमेरिका, जर्मनी, बेलायत, स्विडेनलगायत एक दर्जनभन्दा बढी राष्ट्र्रहरूले निलम्बन गरेका छन् ।

फ्रान्सका पूर्वविदेशमन्त्री क्याथरिन कोलोनाले स्वतन्त्र प्यानलको अध्यक्षता गर्ने र तीन युरोपेली अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्ने संयुक्त राष्ट्रसंघले विज्ञप्तिमार्फत घोषणा गरेको अलजजिराले जनाएको छ ।

एजेन्सीले तटस्थता सुनिश्चित गरी आरोपहरूको जवाफ दिन आवाश्यक कार्य गरिरहेको छ कि छैन भन्ने मूल्यांकन गर्नु अनुसन्धानको घोषित उद्देश्य रहने बताइएको छ ।

अलजजिराका अनुसार प्यानलको प्रतिवेदनमा एजेन्सीको प्रणालीको सम्भावित सुधार र सुदृढीकरणका लागि अन्तरिम प्रतिवेदनका लागि मार्चको अन्त्यमा र अन्तिम प्रतिवेदनका लागि अप्रिलको अन्त्यमा सिफारिसहरू समावेश गरिने गुटेरेसले बताए ।

यो मूल्यांकन संयुक्त राष्ट्र्रसंघको आन्तरिक अनुसन्धानसँग सम्बन्धित छैन । जुन गत महिना १२ जना यूएनआरडब्लूए कर्मचारीहरूविरुद्धको प्रारम्भिक आरोपपछि सुरु गरिएको थियो ।

अक्टोबर ७ मा पहिलो आक्रमणपछि सुरु भएको इजरायल र हमासबीचको युद्धमा करिब एक हजार २०० इजरायली मारिएका र करिब २५० जना बन्धक बनाइएका थिए । रासस/एएनआई

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro