site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गण्डकीलाई हराउँदै पुलिस फाइनलमा, सुदूरपश्चिममाथि आर्मीको सहज जित 

काठमाडौं । गण्डकी प्रदेशमाथि ६ विकेटको सहज जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । 

सोमबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकीले प्रस्तुत गरेको १७० रनको लक्ष्य पुलिसले २४.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

पुलिसको जितमा ओपनर दीलिप नाथले अर्धशतक बनाए । दिलीपले ३९ बलमा ६ चौका र चार छक्कासहित ५७ रन बनाए । अर्जुन साउदले ४४ रन थपे । कुशल भुर्तेलले आक्रमक ब्याटिङ गर्दै ६ बलमा चार चौका र एक छक्कासहित २२ रन थप्दा आरिफ सेखले २७ र शंकर रानाले १२ रन बनाए ।

Dabur Nepal
NIC Asia

गण्डकीका सन्दीप पराजुलीले दुई विकेट लिए । विपीन खत्री र कमल परियारले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको गण्डकीले ३८.३ ओभरमा सबै विकेट गुमाएर १७० रनको योगफल खडा गरेको थियो । 

गण्डकीबाट नवौँ नम्बरमा ब्याटिङमा लागि आएका अमृत गुरुङले अर्धशतक बनाए पनि पुलिसको जितले त्यसलाई छायाँमा पार्‍यो । अमृतले ३९ बलमा आठ चौका र दुई छक्कासहित ५० रन बनाए । कमल परियार र करण पंगेनीले समान ३० रन थप्दा समिर कँडेलले २९ र कृष ऐयरले १० रन थपे ।

पुलिसका राशिद खानले पाँच विकेट लिए । ६ ओभर बलिङ गरेका राशिदले २५ रनमात्र खर्चिए । करण केसी र ललितनारायण राजवंशीले समान दुई विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे ।

जितसँगै सात खेलबाट अंक जोडेको पुलिसले लिग चरणको अन्तिम दुई खेलअगावै फाइनलमा स्थान निश्चित गरेको छ । आठ खेलबाट चार अंक जोडेको गण्डकी भने तालिकाको आठौँ स्थानमा छ । 

सोमबारै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशमाथि ९७ रनको सहज जित निकालेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले ४०.१ ओभरमा सबै विकेट गुमाएर १६५ रनमात्र जोड्न सक्यो । 

सुदूरपश्चिमलाई सस्तैमा समेट्न आर्मीबाट उत्कृष्ट बलिङ गरेका जितेन्द्र मुखियाले पाँच विकेट लिए । ६.१ ओभर बलिङ गरेका जितेन्द्रले दुई मेडन फ्याक्दै १० रनमात्र खर्चिए ।

जितसँगै आठ खेलबाट १२ अंक जोडेको आर्मी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सात खेलबाट आठ अंक जोडेको सुदूरपश्चिम तालिकाको छैटौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro