कला
काठमाडौं । दिनेश राउत निर्देशित चलचित्र ‘पूजार सार्की’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले पोस्टरमा सिनेमाका मुख्य तीन पात्रलाई अटाएको छ ।
आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको चलचित्रमा उनीहरूको क्यारेक्टर लुक्स देखाएको छ ।
पोस्टर सार्वजनिक गर्दै चलचित्र युनिट छायांकनका लागि कास्कीकोटतर्फ लागेको छ । सिनेको छायांकन मंगलबारबाट सुरु हुँदै छ ।
चलचित्रमा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मालगायत कलाकारको पनि अभिनय रहनेछ ।
प्रकाशित मिति: सोमबार, माघ १५, २०८० ०८:१७
प्रतिक्रिया दिनुहोस्