काठमाडौं । ९६ औं ओस्कार अवार्डको मनोनयन सार्वजनिक हुँदा ‘ओपेनहाइमर’को दबदबा देखिएको छ । यो सिनेमा सर्वाधिक १३ विधामा मनोनयनमा परेको छ ।
‘पुअर थिंग्स’ ११, ‘किलर्स अफ द फ्लावर मुन’ १०, ‘बार्बी’ ८, ‘माएस्ट्रो’ ७ र ‘अमेरिकन फिक्सन’, ‘एनाटोमी अफ अ फल’, ‘द होल्डओभर्स’, ‘द जोन अफ इन्ट्रेस्ट’ समान ५/५ विधामा मनोनयनमा परेका छन् ।
‘ओपेनहाइमर’बाट किलियन मर्फी, एमिली ब्लन्ट र रोबर्ट डाउने जुनियर अभिनयको विधामा मनोनयनमा परेका छन् । क्रिस्टोफर नोलन निर्देशनको विधामा मनोनयनमा परेका छन् ।
मनोनयन सूची :
सर्वश्रेष्ठ फिल्म
ओपेनहाइमर, अमेरिकन फिक्सन, एनाटोमी अफ अ फल, बार्बी, द होल्डओभर्स, किलर्स अफ द फ्लावर मुन, माएस्ट्रो, पास्ट लाइभ्स, पुअर थिंग्स र द जोन अफ इन्ट्रेस्ट ।
सर्वश्रेष्ठ निर्देशन
ओपेनहाइमर: क्रिस्टोफर नोलन
एनाटोमी अफ अ फल: जस्टिन ट्रिएट
किलर्स अफ द फ्लावर मुन: मार्टिन स्कोरसिज
पुअर थिंग्स: योर्गोस ल्यान्थिमोस
द जोन अफ इन्ट्रेस्ट: जोनाथन ग्लेजर
सर्वश्रेष्ठ अभिनेता
किलियन मर्फी: ओपेनहाइमर
ब्राड्ली कुपर: माएस्ट्रो
कोलम्यान डोमिंगो: रस्टिन
पल जियामट्टी: द होल्डओभर्स
जेफ्री राइट :अमेरिकन फिक्सन
सर्वश्रेष्ठ अभिनेत्री
एनेट बेनिंग: न्याद
लिली ग्लाडस्टोन: किलर्स अफ द फ्लावर मुन
सान्ड्रा हलर: एनाटोमी अफ अ फल
केरी मुलिगन: माएस्ट्रो
एम्मा स्टोन: पुअर थिंग्स
सर्वश्रेष्ठ सहायक अभिनेता
रोबर्ट डाउने जुनियर: ओपेनहाइमर
स्टर्लिङ के ब्राउन: अमेरिकन फिक्सन
रोबर्ट डी निरो: किलर्स अफ द फ्लावर मुन
रायन गसलिङ: बार्बी
मार्क रफेलो: पुअर थिंग्स
सर्वश्रेष्ठ सहायक अभिनेत्री
एमिली ब्लन्ट: ओपेनहाइमर
डेनियल ब्रुक्स: द कलर पर्पल
अमेरिका फेरेरा: बार्बी
जोडी फोस्टर: न्याद
द भाइन जोय रान्डोल्फ: द होल्डओभर्स
सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर
पर्फेक्ट डेज: जापान
लो क्यापिटानो: इटाली
सोसाइटी अफ द स्नो: स्पेन
द टिचर्स लाउन्ज: जर्मनी
द जोन अफ इन्ट्रेस्ट: बेलायत